फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त राष्ट्र संघ र अफ्रिका संघले कोरोनाविरूद्ध चिनियाँ प्रयासलाई समर्थन

(GMT+08:00) 2020-02-10 18:22:50
अफ्रिकाको अदिस अबाबामा आयोजित ३३औं अफ्रिकी शिखर सम्मेलनमा संयुक्त राष्ट्र संघ र अफ्रिकी संघका नेताहरूले कोरोनाभाइरसविरूद्ध चीनको प्रतिरोध कार्यमाथि समर्थन दिनुका साथै अनुपयुक्त हल्ला वा अफवाहहरूलाई रोक्न आह्वान गरेका छन्।

सो शिखर सम्मेलनमा सहभागी संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले फेब्रुअरीको ८ तारिख चीनले कोरोनाभाइरसको प्रकोपको नियन्त्रण कार्यमा धेरै प्रयास गरी ठूलो योगदान दिइरहेको भन्दै अन्तर्राष्ट्रिय समाजले संयुक्तरूपमा कोरोना भाइरस प्रतिरोध गर्नुपर्ने औँल्याउनुभयो। कोरोनाभाइरसविरूद्ध चीनको प्रतिरोध कार्यमाथि कुनै पनि अनुचित निन्दा नगर्न उहाँले सबैलाई आह्वान गर्नुभएको थियो।

अफ्रिकी संघीय समितिका अध्यक्ष मौसा फकी महमतले फेब्रुअरी ९ तारिख आयोजित अफ्रिकी संघको शिखर सम्मेलनमा बोल्दै हाल कोरोनाभाइरस प्रकोपको विरूद्धका लागि चीनसँग मिलेर प्रयास गर्नुपर्ने कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु