फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

डब्लुटीओका महाप्रबन्धकद्बारा एनसीपी प्रतिरोधमा चिनियाँ चिकित्सकलाई सलाम

(GMT+08:00) 2020-02-10 18:25:23

विश्व स्वास्थ्य संगठन डब्लुटीओका महाप्रबन्धक टेड्रोस अदहानोम घेब्रेयेसुसले फेब्रुअरी ९ तारिख सार्वजनिक मिडियामार्फत नयाँ कोरोना भाइरसबाट संक्रमित निमोनिया अर्थात् एनसीपीको प्रतिरोध गर्ने चिनियाँ चिकित्सा क्षेत्रका कर्मचारीहरूलाई सलाम गर्नुभएको छ।

"चीनको चिकित्सा क्षेत्रका कर्मचारी विशेषत: हु पै प्रान्तको चिकित्सा क्षेत्रका कर्मचारीहरूलाई सलाम दिन चाहन्छु। किनकि निकै ठूलो दबाव देखा परे तापनि उनीहरूले एनसीपी संक्रमितहरूको हेरचाह गरेको मात्र नभई त्यस रोगको वैज्ञानिक विश्लेषणका लागि सम्बद्ध डाटाको सङ्कलन गरेका छन्।" उहाँले भन्नुभयो: औषधोपचार गर्ने सबैभन्दा राम्रो उपाय खोज्न र भाइरसको प्रचलनलाई फैलावट नदिनका लागि तपाईंहरूको प्रयासप्रति सारा विश्व आभारी छ।

यही फेब्रुअरी ११ र १२ तारिख जेनेभामा एनसीपी सम्बन्धी विश्व अनुन्धान र सिर्जनशील मञ्चको आयोजना गरिने घोषणा पनि डब्लुटीओले गरेको छ।

जानकारी तथा लेखहरु