फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा मास्कको उत्पादन सम्बन्धी पुन:उत्पादन दर ७० प्रतिशत

(GMT+08:00) 2020-02-10 18:26:42

नयाँ कोरोना भाइरसबाट संक्रमित निमोनिया एनपीसी रोग देखा परेयता चीनका विविध क्षेत्रका जनताका लागि जीवनको आधारभूत मालसामानको आवश्यकता झन् बढ्दै आएको देखिन्छ। त्यसैगरी चीनको राज्य परिषद् अन्तर्गत एनपीसीको सामना गर्ने संयुक्त प्रतिरोध र नियन्त्रण व्यवस्थाले हाल सूचना दिएर रोगको वैज्ञानिक प्रतिरोध र नियन्त्रणलाई सबल पार्नुका साथै परीपाटी रुपमा उद्योग-व्यवसायको उत्पादनको पुन:शुरु हुने कार्य राम्रोसँग गर्नुपर्ने आग्रह गरेको छ।

चीनको राष्ट्रिय विकास र सुधार समितिले जनाए अनुसार, फेब्रुअरी ७ तारिखसम्म चीनमा मास्कको उत्पादन सम्बन्धी पुन:शुरु दर ७३ प्रतिशत पुगेको छ भने चीनमा मुख्यत: अनुगमन गरिने अन्नको उत्पादन र निर्माण व्यवसाय सम्बन्धी पुन:शुरु दर ९४.६ प्रतिशत पुगेको छ। यसका अतिरिक्त प्राकृतिक ग्यास, विद्युत शक्ति र तेलको आपूर्ति पर्याप्त रहेको छ भने नागरिक विमान, रेलवे र जल ढुवानी सञ्जाल पनि सामान्य रुपमा चलिरहेको छ।

फेब्रुअरी ८ तारिखसम्म चीनका ३६ वटा ठूला र मझौला शहरमा चामल, पीठो र तेलको खुद्रा भाउ वसन्त चाडअघिको तुलनामा मोटामोटी रुपमा बराबर रहेको देखिन्छ।

जानकारी तथा लेखहरु