फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चुनौतीलाई पराजित गरी दिगो विकासलाई जारी राख्न चीन सक्षम

(GMT+08:00) 2020-02-10 18:29:30
बिगत  केही समयदेखि चिनियाँ व्यवसायका लागि उत्पादनको पुन:शुरु कार्य थालनी भएको छ। त्यसैगरी चीनको राज्य परिषद् अन्तर्गत एनसीपीको सामना गर्ने संयुक्त प्रतिरोध र नियन्त्रण व्यवस्थाले हाल सूचना दिएर रोगको वैज्ञानिक प्रतिरोध र नियन्त्रणलाई सबल पार्नुका साथै परीपाटी रुपमा उद्योग-व्यवसायको उत्पादनको पुन:शुरु हुने कार्य राम्रोसँग गर्नुपर्ने आग्रह गरेको छ। एनसीपी भोगिरहेको पृष्ठभूमिमा चिनियाँ व्यवसायले विविध कारकतत्वको समर्थनमा भर परेर कठिनाइलाई पन्छाएर नयाँ बृद्धि विन्दुलाई पत्ता लगाई विकास हुने नयाँ चौतारोको विस्तार गरिरहेको छ।

व्यवसाय नै अर्थतन्त्रको महत्वपूर्ण ससाना समुदाय रहेकाले त्यसको जिवन्त शक्ति पर्याप्त छ कि छैन भन्ने कुरा आर्थिक स्थितिको ब्यारोमिटर रहेको छ। रोगबाट व्यवसायलाई ल्याइने असरलाई कसरी न्युनतम् बिन्दुमा घटाउने भन्ने नै वर्तमान चीनको अर्थतन्त्रको सबैभन्दा महत्वपूर्ण विषय रहेको छ।

रोग परेको अवस्थामा नकारात्मक असरको बावजुद निरन्तर रुपमा विकास हुँदै जान चिनियाँ सक्षम र विश्वासिलो रहेको छ। झन् झन् बढी देशी र विदेशी आर्थिक व्यक्तिहरूले के ठहर गरेका छन् भने रोगले चिनियाँ अर्थतन्त्रमा नकारात्मक असर पारे तापनि त्यो असर अस्थायी हुनेछ। किनभने चिनियाँ अर्थतन्त्र दीर्घकालीन रुपमा राम्रो बन्दै जाने र उच्च गुणस्तरीय रुपमा बढ्दै जाने आधारभूत प्रवृत्ति परिवर्तन हुने छैन। के भन्नसकिन्छ भने चिनियाँ व्यवसाय हुरी बतासमा निरन्तर रुपमा विकसित र सशक्त हुँदै‍ आएको र हुँदै जानेछ।

जानकारी तथा लेखहरु