फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीद्बारा पैचिङ शहरको एनसीपीको प्रतिरोध र नियन्त्रण कार्यको निरीक्षण

(GMT+08:00) 2020-02-11 10:48:06

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले फेब्रुअरी १० तारिख दिउँसो पैचिङ तिथान अस्पतालमा पुगेर एनसीपी बिरामीहरूको औषधोपचार अवस्थाको निरीक्षण गर्नुका साथै भिडियोमार्फत उ हान शहरको गम्भीर रोगी उपचार अस्पतालसँग सम्पर्क राख्नुभयो। सो अवसरमा उहाँले केन्द्रीय निर्देशन टोली र हु पै निर्देशनालयका सम्बद्ध प्रतिवेदन पनि सुनेर रोग प्रतिरोध र नियन्त्रण गर्ने पहिलो स्थानमा कार्यरत चिकित्सा कर्मचारीहरूलाई अभिवादन प्रकट गर्नुभएको छ।

निरीक्षण गर्ने क्रममा राष्ट्राध्यक्ष सीले अझ दृढ अठोट र अझ सशक्त कदममार्फत रोग निवारण र नियन्त्रण गर्ने जन युद्धको बिजय प्राप्त गर्नुपर्ने कुरामा जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु