फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जनजीवनसँग सम्बन्धित रहेका महत्वपूर्ण क्षेत्रको उत्पादन तत्काल शुरु

(GMT+08:00) 2020-02-11 17:43:30

एनसीपीको प्रतिरोध गर्ने चीनको राज्य परिषद् अन्तर्गत संयुक्त प्रतिरोध र नियन्त्रण व्यवस्थाले फेब्रुअरी ११ तारिख बिहान पैचिङमा पत्रकार सम्मेलनको आयोजना गरेको छ। राष्ट्रिय विकास र सुधार समितिका महासचिव छोङ ल्याङले जनजीवनसँग सम्बन्धित रहेका महत्वपूर्ण क्षेत्रको उत्पादन तत्काल पुन:शुरु हुनुका साथै पूर्वाधार अभावका व्यवसायको सञ्चालन अस्थायी रुपमा बन्द हुनसक्ने भन्दै गम्भीर रोग भोगेका क्षेत्र र अन्य त्यति जरुरी नपरेका व्यवसायले वास्तविक अवस्था बमोजिम आफ्नो सञ्चालनलाई केही समयसम्म लम्ब्याउनसक्ने जानकारी दिनुभएको छ।

विविध स्थानले आ-आफ्नो रोगको अवस्था बमोजिम उचित रुपमा उत्पादनको पुन:शुरु र सञ्चालनको थालनी गर्नुपर्ने कुरा महासचिव छोङले बताउनुभयो। विभिन्न व्यवसायले कामदारको उचित हक-अधिकारलाई वास्तविक रुपमा सुनिश्चितता दिनुपर्ने कुरामा पनि उहाँले जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु