फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

देशदेश बीचको सामान्य आवत-जावतको पुन: शुरु हुनु सबभन्दा जरुरी

(GMT+08:00) 2020-02-11 17:45:10
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले फेब्रुअरी ११ तारिख इन्टरनेटमार्फत आयोजित पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय समाजले एकताबद्ध भएर कोरोनाको संक्रमणलाई जितेर छिटोभन्दा छिटो देशदेश बीचको सामान्य आवत-जावत र सहकार्यको पुन:आरम्भ गरेपछि मात्र विश्व अर्थतन्त्रको स्थिर बृद्धिका लागि सशक्त समर्थन गर्न र सकारात्मक अनुमान गर्न सकिने बताउनुभएको छ।

कोरोना संक्रमणले चिनियाँ अर्थतन्त्रलाई पारेको असर ठूलो कि सानो भन्ने कुरा रोगको निवारण र नियन्त्रण गर्ने प्रगति र प्राप्त उपलब्धिमा भर पर्ने पनि प्रवक्ता कङले औँल्याउनुभयो। चीनको अर्थतन्त्रको आधारभूत विन्दु र दीर्घकालीन रुपमा राम्रो बन्दै जाने प्रवृत्ति परिवर्तन नहुने भन्दै प्रवक्ता कङले संक्रमणबाट अर्थतन्त्रमा पर्ने असरलाई न्युनत्तम स्तरमा घटाउन चीन सक्षम रहेको कुरा बताउनुभएको छ।

जानकारी तथा लेखहरु