फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरोनाभाइरस प्रकोपको तथ्याङ्क

(GMT+08:00) 2020-02-12 14:56:59

आज फेब्रुअरीको १२ तारिख बिहानको तथ्याङ्क अनुसार, कोरोनाभाइरस प्रकोपमा परी चीनमा मात्र ४४ हजार ६ सय ५३ जना सङ्क्रमित भएका छन्। यो अघिल्लो दिनको तुलनामा २०१५ ले बढी हो। त्यसै गरी १११३ जनाको मृत्यु भएको छ जनु अघिल्लो दिनको संख्यामा ९७ थप भएको छ। चीनबाहेक फिलिपिन्समा १ जनाको मृत्युभएको छ। त्यसबाहेक विश्वका अरू मुलुकहरूमा यस भाइरसबाट कसैको मृत्यु भएको छैन।

तथ्याङ्कअनुसार, चीनमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या सबैभन्दा धेरै छ। त्यसपछि जापानमा २०३ जना जना सङ्क्रमित भएका छन् जुन अघिल्लो दिनको तुलनामा १७८ जनाको संख्या थपिएको छ र सिंगापुरमा ४५ जना सङ्क्रमित छन्।

हालसम्म नेपालमा १ जनामात्र कोरोनाभाइरसबाट सङ्क्रमित भएको तथ्याङ्क छ।

जानकारी तथा लेखहरु