फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ब्रिक्स मुलुकद्बारा रोगको प्रतिरोधका लागि चीनलाई समर्थन

(GMT+08:00) 2020-02-12 17:52:33

ब्रिक्स मुलुकका अध्यक्ष मुलुक रुसले फेब्रुअरी ११ तारिख मुख्य बक्तव्य जारी गर्दै ब्रिक्स मुलुकको तर्फबाट एनसीपीको प्रतिरोध गर्न चीनले प्रयास गरेकोप्रति समर्थन गरेको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले १२ तारिख उक्त मुख्य बक्तव्यबाट ब्रिक्स मुलुक बीच एकअर्काको ख्याल-विचार र सहयोग गर्नुका साथै सँगै मिलेर कठिन अवस्थालाई जित्ने भावना र रोगको प्रतिरोध गर्न अन्तर्राष्ट्रिय समाजले चीनलाई समर्थन गरेको प्रतिबिम्बित गरिएको औँल्याउनुभयो। त्यसप्रति चीनले उच्च प्रशंसा गरेको पनि प्रवक्ता कङले बताउनुभयो।

ब्रिक्स मुलुकले भ्याएसम्म एनसीपीको प्रतिरोध र नियन्त्रण गर्न चीन सरकारलाई समर्थन गर्नुका साथै चीनसँग घनिष्ट सहयोग गर्दै जान ब्रिक्स मुलुक इच्छुक रहेको कुरा उक्त बक्तव्यमा उल्लेख गरिएको छ।

ब्रिक्स मुलुक लगायतका समस्त अन्तर्राष्ट्रिय समाजसँगै मिलेर रोगको प्रतिरोध गर्नुका साथै क्षेत्रीय र विश्वको सार्वजनिक स्वास्थ्य सुरक्षाको संरक्षण गर्दै जान चीन इच्छुक रहेको पनि प्रवक्ता कङले औँल्याउनुभएको छ।

जानकारी तथा लेखहरु