|
|
|
|||||||||
|
||

नेपालका लागि चिनियाँ राजदूत हौ यानछीले कोरोना भाइरसपछि नेपाल सरकारले चीनलाई एक लाख मास्कहरू सहयोग गरेकोमा प्रशंसा गर्दै नेपालले चीनलाई देखाएको सद्भाव तथा मायाप्रति कृतज्ञता ज्ञापन गर्नुभयो। नेपाल समेतका अन्तर्राष्ट्रिय समाजसँग मिलेर कोरोना भाइरसलाई सफलताका साथ परास्त गर्न चीन इच्छुक रहेको कुरा पनि उहाँले व्यक्त गर्नुभयो।

नेपालका एक जना विद्यार्थी प्रणय शाक्य आफैंले चिनियाँ चिकित्साकर्मीहरूको सम्मान तथा प्रोत्साहन गर्नका लागि एउटा चित्र बनाएका छन्। उनी भन्छन्, "मैले चिनियाँ विज्ञान र स्वास्थ्यकर्मीहरूको भावनालाई चित्रमा समेटेको छु।"

नेपाल चीन आर्थिक व्यापारिक संघका अध्यक्ष अनुपरञ्जन भट्टाराईले कोरोना भाइरस विरूद्ध चीनको प्रतिरोध कार्य सफल हुने विश्वास लिँदै चीनको आर्थिक विकास कुनै पनि भाइरसबाट प्रभावित नहुने विचार व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, "चीन सरकार यो समस्या समाधान गर्न सक्षम छ।"

चीनको सछ्वान विश्वविद्यालयबाट स्नातक भएका नेपाली डाक्टर सुजान शाक्यले कोरोनाभाइरस प्रकोपको नियन्त्रण गर्न चीनले प्रभावकारी गतिविध गरेको कुरा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, " चीन सरकारले चालेका कदमप्रति म पूर्ण आशावादी छु।"
सो कार्यक्रममा कोरोना भाइरस विरूद्ध चीनलाई प्रोत्साहन र समर्थन गर्नका लागि नेपालका विद्यार्थीहरूले सँगसँगै चिनियाँ भाषामा "चोङ्को च्या यौ" भन्दै नारा लगाए।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||