फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एनसिपीको दैनिक तथ्याङ्क

(GMT+08:00) 2020-02-14 18:30:37

प्रिय साथीहरु नमस्कार। आज एक खुशीलाग्दो कुरा छः हु पै प्रान्तबाहेक चीनका अन्य प्रान्तहरुमा निश्चित भएका कोरोना भाइरस (एनसीपी) सङ्क्रमित बिरामीको संख्या लगातार दश दिनदेखि घट्दै गएको छ। बिरामीहरुले पनि आशावादी भएर औषधोपचार गर्दै छन्। हिजो १३ तारिख एक ८० वर्षीय वृद्धले अस्पतालमा एक विशेष जन्मदिन मनाएका छन्। ह्वो शन सान अस्पतालमा भर्ती भएका पहिलो खेपका ७ जना सङ्क्रमित बिरामीहरूको सफल उपचार गरेर अस्पतालबाट फर्किसकेका छन्।

पैचिङ समय अनुसार फेब्रअरी १३ तारिख मध्यरात बाह्र बजेसम्म विश्वभर एनसीपी सम्बन्धी तथ्याङ्कको पछिल्लो प्रतिवेदन यस प्रकार छ:

चीनमा निश्चित गरिएका सङ्क्रमित बिरामीको संख्या ६३,८५१ रहेको छ भने ज्यान गुमाउनेको संख्या १,३८० रहेको छ।

जापानमा निश्चित गरिएका सङ्क्रमित बिरामीको संख्या २४७ रहेको छ भने ज्यान गुमाउनेको संख्या १ रहेको छ।

सिंगापूरमा निश्चित गरिएका सङ्क्रमित बिरामीको संख्या ५८ रहेको छ भने थाइल्याण्डमा निश्चित गरिएका सङ्क्रमित बिरामीको संख्या ३२ छ।

नेपालमा यथावत् रुपमा १ जना सङ्क्रमित बिरामी निश्चित गरिएको छ।

अब यूरोपतर्फ नजर पुर्‍या‌औँ।

जर्मनीमा निश्चित गरिएका सङ्क्रमित बिरामीको संख्या १६ रहेको छ भने फ्रान्समा निश्चित गरिएका सङ्क्रमित बिरामीको संख्या ११ रहेको छ।

बेलायतमा निश्चित गरिएका सङ्क्रमित बिरामीको संख्या ९ रहेको छ भने इटलीमा निश्चित गरिएका सङ्क्रमित बिरामीको संख्या २ रहेको छ।

अमेरिकी महाद्वीपअन्तर्गत अमेरिकामा निश्चित गरिएका सङ्क्रमित बिरामीको संख्या १५ रहेको छ भने क्यानाडामा निश्चित गरिएका सङ्क्रमित बिरामीको संख्या ७ रहेको छ।

अन्तमा, तपाईँलाई प्रेम दिवसको शुभकामना।

जानकारी तथा लेखहरु