फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ कोरोना भाइरस सङ्क्रमित गम्भीर निमोनिया बिरामीको अनुपात स्पष्ट घट्दै

(GMT+08:00) 2020-02-17 16:47:59
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले हिजो १६ तारिख दिउँसो तथ्याङ्क सार्वाजनिक गरेअनुसार फेब्रअरी १५ तारिख २४ बजेसम्म वुहान,हु पै,सारा राष्ट्रमा नयाँ कोरोना भाइरस सङ्क्रमित गम्भीर निमोनिया बिरामीका तुलनामा पूर्ण निश्चित बिरामीमा ओगटेको अनुपात स्पष्ट रुपमा घटेको छ। यसमध्ये वुहानका गम्भीर बिरामीको अनुपात जनवरी २८ तारिखको उच्चतम तथ्याङ्क ३२.४ देखि फेब्रुअरी १५ तारिखको २१.६ प्रतिशतसम्म घटेको छ। हु पै प्रान्तको अनुपात जनवरी २७ तारिखको उच्चतम तथ्याङ्क १८.४ देखि फेब्रुअरी १५ तारिखको ११.१प्रतिशतसम्म घटेको छ। सारा राष्ट्रको अनुपात जनवरी २७ तारिखको उच्चतम १५.९ देखि फेब्रुअरी १५ तारिखको ७.२प्रतिशतसम्म घटेको छ।

राष्ट्रिय स्वास्थ्य आयोगका प्रेस प्रवक्ता मी फङका अनुसार उक्त परिवर्तनबाट सारा देशका विभिन्न स्थलको महामारी प्रतिरोध तथा नियन्त्रणको प्रभाव स्पष्ट देखिएको प्रतिबिम्बित भएको छ। हु पै प्रान्तको महामारी प्रतिरोध तथा नियन्त्रण कदमले सफल उपचार दरलाई बढाउने र मृत्यु दरलाई घटाउने सकारात्मक आधार सिर्जना गर्दछ।

जानकारी तथा लेखहरु