फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

केही व्यक्तिहरूद्वारा आशा गरिएको "चीनबाट सम्बन्ध विच्छेद"-एक ठट्टा

(GMT+08:00) 2020-02-17 19:09:31
हिजो फेब्रुअरी सोह्र तारिखका दिन चीनमा एकै समयमा दुई कुरा भए। पहिलो विश्व स्वास्थ्य संगठनद्वारा पठाइएको संयुक्त विशेषज्ञ समूह पैचिङमा आइपुग्यो, टोलीले सम्बन्धित चिनियाँ विभाग र विज्ञहरूसँग महामारीको रोकथाम र नियन्त्रणलाई सुदृढ पार्नका लागि प्रयास गरेको छ। दोस्रो, सामानले भरिएको एउटा ट्रक चीनको ह नानबाट मध्य एशिया प्रस्थान गर्यो। यसबाट चीन खुलापन र पारदर्शिताको सिद्धान्तको पालना गर्दछ, महामारी रोकथाम र नियन्त्रणमा अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यलाई सुदृढ पार्दछ, र सामान्य आर्थिक र सामाजिक गतिविधिहरू पुनर्स्थापना गर्न प्रयास गर्छ भन्ने देखाउँछ।

यो केवल आफ्नो मुलुकका जनताको हितको रक्षा गर्न मात्र होइन व्यापक विश्वव्यापी चासोको रक्षा गर्न पनि गरिन्छ। केही व्यक्तिहरूद्वारा आशा गरिएको " चीनबाट सम्बन्ध विच्छेद " जुन एक ठट्टा भइरहेको भन्ने पनि यसले देखाउँदछ।

पछिल्लो तथ्यांकका अनुसार फेब्रुअरी १६ तारिखका हुपेई बाहेक चीनका अरु क्षेत्रमा नयाँ कोरोना भाइरस निमोनियाद्वारा पुष्टिकृत मानिसको संख्या ११५ थियो जुन लगातार 13 दिनदेखि घट्दै आइरहेको छ। विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अढानोम घेब्रेयससले चीनले स्रोतबाट महामारीको प्रसारमा रोक लगाएकाले ठूलो मूल्य चुकाउन र विश्वका लागि समय प्राप्त गर्न पर्याप्त भएको बताउनुभयो।

महामारीको प्रारम्भिक चरणमा अमेरिकाले वुहानबाट आफ्नो कन्सुलर स्टाफ फिर्ता लिने, विश्व स्वास्थ्य संगठनको सुझावलाई बेवास्ता गर्ने र चिनियाँ नागरिकहरूमाथिको व्यापक प्रतिबन्ध लगाउने जस्ता निर्णय गर्यो। केही पश्चिमा मिडिया र राजनीतिज्ञहरूले पनि झूटा शब्दहरू दिएका छन् र चीनको महामारी रोकथाम कार्यहरूको बारेमा गैरजिम्मेवारपूर्ण टिप्पणी गरेका छन् र फेरि एकपल्ट "चीनबाट सम्बन्ध विच्छेद"को कुरा उठाइरहेका छन्।

विश्वव्यापीकरणको युगमा, "चीनबाट सम्बन्ध विच्छेद" यो अव्यावहारिक कुरा हो। यस महामारीले मानिसहरूलाई अझ स्पष्ट रूपमा देखायोः यो एउटा साझा भाग्यको संसार हो, कुनै पनि देशले मानव जीवनका विभिन्न चुनौतीहरूको सामना गर्न सक्दैन। यस कारणले गर्दा, धेरै देशहरूले चीनलाई सहयोग गरिरहेका छन्। १६० वटा भन्दा बढी मुलुक र अन्तर्राष्ट्रिय समाजले चीनप्रति सहानुभूति व्यक्त गरेका छन्। दशौं मुलुकका सरकार र जनताहरुले चीनलाई मद्दत दिएका छन्।

जानकारी तथा लेखहरु