फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री लीद्वारा केन्द्रीय समितिको नयाँ कोरोना भाइरसको प्रतिरोध तथा नियन्त्रण काम सम्बद्ध निर्देशक टोली बैठकको अध्यक्षता

(GMT+08:00) 2020-02-17 20:10:46
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिअन्तर्गत नयाँ कोरोना भाइरसको प्रतिरोध तथा नियन्त्रणको निर्देशक टोलीले आज १७ तारिख बैठकको आयोजना गरेको छ। चिनियाँ प्रधानमन्त्री ली ख छ्याङले उक्त बैठकको अध्यक्षता गर्नुभएको छ। यस बैठकले राष्ट्रभरिको महामारी अवस्थामा सकारात्मक प्रवृत्ति देखापरेको निचोड निकालेको छ। तापनि महामारीको अवस्था निरन्तर जटिल रहेकोले विभिन्न क्षेत्रले सम्बन्धित प्रतिरोध तथा नियन्त्रणको काममा निकै जोड दिनुपर्छ। साथै विभिन्न क्षेत्रले सतर्कताका साथ यातायात तथा ढुवानी सम्बद्ध कदमलाई व्यवहारमा उतार्दै प्रवासी कृषि कामदारलाई रोजगारीमा फर्काउन, शैक्षिक संस्था खुलाउन,व्यवसाय पुनःसञ्चालनका लागि महामारी अवस्था बमोजिम उचित रुपमा व्यवस्थापन गर्नुपर्छ।
जानकारी तथा लेखहरु