|
|
|
|||||||||
|
||

भाइरसको संक्रमणबाट दिवंगत भएकाहरुको सम्झना तथा उपचाररत विरामीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै महाविहारका पुजारी तथा स्थानीयको सहयोगमा प्रज्ञापरमिताको पाठ एवम् प्रार्थनासमेत गरिएको थियो।

कार्यक्रमका सहभागीले चिनियाँ तथा नेपाली भाषामा "उठ चीन, जाग वुहान", "कठिन घडीमा, हामी साथमा", "संक्रमणविरुद्धको जीत निश्चित छ", "चीनको लागि प्रार्थना" लगायतका नारा लोखिएको ब्यानर तथा प्लेकार्ड बोकेका थिए।
नेग्गाका अध्यक्ष निशान प्रधानले नेपालको असल मित्र, असल छिमेकी र असल साझेदार मुलुक रहेको चीनले भोग्नुपरेको कठिन परिस्थितिमा हाम्रो साथ रहेको सन्देश दिन उक्त कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।
कार्यक्रममा साइनो नेपाल कल्चर एण्ड प्रमोशन सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले चीनमा फैलिएको संक्रमणका कारण विश्वका धेरै मुलुकले चीनलाई अलग्याएको सन्दर्भमा नेपालको मुख्य पर्यटन बजारको स्रोतलाई कायमै राख्न नेपालीहरु चिनियाँको साथमा छन् भनेर दिने सन्देशले विशेष अर्थ राख्ने बताउनुभयो।
नेपालमा करिब चार सयको संख्यामा चिनियाँ भाषाका टुरिष्ट गाइड रहेका छन्।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||