फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

केन्द्रीय उद्योग-व्यवसायको मातहत मुख्य उत्पादनमूलक उद्योग-व्यवसायको उत्पादन पुनःशुरु दर ८० प्रतिशतभन्दा बढी

(GMT+08:00) 2020-02-18 16:38:56
फेब्रुअरी १८ तारिख चीनको राज्य परिषदको महामारीको रोकथाम तथा नियन्त्रणसम्बन्धी संयुक्त संयन्त्रको पत्रकार सम्मेलनमा राष्ट्रिय स्वामित्वयुक्त सम्पत्ति अनुगमन तथा व्यवस्थापन आयोगका जिम्मेवार व्यक्तिले जनाएअनुसार, उक्त आयोगद्वारा अनुगमन तथा व्यवस्थापन गरिने केन्द्रीय उद्योग-व्यवसायहरूको मातहत बीस हजार वटा मुख्य उत्पादनमूलक उद्योग-व्यवसायको उत्पादन सुचारू दर ८० प्रतिशतभन्दा बढी पुगेको छ। उक्त आयोगले केन्द्रीय उद्योग-व्यवसायलाई आफ्नो रोकथाम तथा नियन्त्रण कार्य गर्ने पूर्वशर्तमा व्यवस्थित रुपमा उत्पादत पुनःशुरु गर्न निर्देशन गर्ने छ।

थाहा भएअनुसार, राष्ट्रिय स्वामित्वयुक्त सम्पत्ति अनुगमन तथा व्यवस्थापन आयोगले सन् २०२०शुरुमा तर्जुमा गर्ने उत्पादन लक्ष्य र सुधार कार्यमा परिवर्तन हुने छैन। उत्पादनको पुनःशुरु कोरोना भाइरस महामारीको प्रभावकारी रुपमा सामना गर्ने र आर्थिक स्थिर संचालनलाई कायम राख्ने महत्वपूर्ण प्रत्याभूति हो।

जानकारी तथा लेखहरु