फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संक्रमित डाक्टर चाउ च काङ

(GMT+08:00) 2020-02-19 16:21:55
उहाँ वुहान विश्वविद्यालयको चुङनान अस्पताल आपतकालीन केन्द्रका सहयोगी प्रमुख चिकित्सक हुनुहुन्छ। जनवरी बाइस तारिख उहाँलाई नयाँ कोरोना भाइरसबाट निमोनिया संक्रमित भएको निश्चित गरिएको थियो।

लक्षण सानो भएकोले चाउ च काङले आफूलाई निदान गरी औषधि प्रेस्क्राइव गर्नुभयो र घरमा अलगै उपचार गर्न स्वयं आग्रह गर्नुभयो। जनवरी अठाइस तारिख चाउ च काङले सरकारी अनलाइनबाट उपचार एपभित्रको मिनि प्रोग्राम मार्फत ज्वरो आएकाहरूलाई अनलाइन उपचार सेवा प्रदान गर्न थाल्नुभयो। प्रतिदिन उपचार गर्ने बिरामीको संख्या दुई सय पुग्थ्यो, साथै उहाँले हरेक केसको विश्लेषण गर्नुहुन्थ्यो। फेब्रुअरी पाँच तारिख अलग उपचार भएको १४ दिनपछि चाउ च काङ पूर्ण स्वस्थ भएर अस्पतालको काममा पुनः फर्किनुभयो। वुहान विश्वविद्यालयको चुङनान अस्पताल आपतकालीन केन्द्रमा चाउ च काङजस्ता अरू तीन जना मेडिकल स्टाफ काम गर्दागर्दै संक्रमित भएका थिए। उनीहरू सबै जना निको भएपछि आ-आफ्नो काममा फर्किएका छन्।


जानकारी तथा लेखहरु