अमेरिकी परराष्ट्र मन्त्री माइक पोम्पेओले चीनद्वारा पैचिङ्गका लागि वाल स्ट्रिट जर्नलका तीन पत्रकारको प्रेस कार्ड रद्द गरेकाले अभिव्यक्ति स्वतन्त्रता सीमित गरेको विचार व्यक्त गरेका छन्। यसप्रति चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले आज २० तारिख प्रतिक्रिया दिँदै मन्त्री पोम्पेओले"अभिव्यक्ति स्वतन्त्रता"भन्न रूचाउने भएपनि औपचारिक रुपमा भेदभावपूर्ण लेखको प्रकाशन गरेर आफ्नो गल्ती अस्वीकार गरी माफी माग्न अस्वीकार गर्नु नै अमेरिकाले भन्ने गरेको तथाकथित अभिव्यक्ति स्वतन्त्रता हो?भन्ने प्रश्न गर्नुभएको छ।
प्रवक्ता कङ श्वाङले जोड दिनुभएअनुसार चीनले कानूनबमोजिम विदेशी पत्रकार सम्बद्ध मामिलाको समाधान गरेको हो। सार्वजनिक रुपमा चीनलाई कालो बनाउने र भेदभावको प्रचारप्रसार गर्ने सञ्चार माध्यमले आफ्नो गल्तीको जिम्मेवारी लिनु आवश्यक छ।