फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका धेरै क्षेत्रमा क्रमशः काम सुचारू हुँदै

(GMT+08:00) 2020-02-21 16:31:32
चीनको अर्थतन्त्र पुनःसञ्चालनमा आउन कति समय लाग्छ? यो वर्तमान सारा विश्वद्वारा सबैभन्दा चासोका साथ हेरिएको समस्या हो। हाल चीनका श्रृंखलावद्ध सकारात्मक सूचना देखापरेको छ।

सरकारी तथ्याङ्कअनुसार क्षेत्रबाट हेर्दा क्वाङ तुङ,च्याङ सु,शाङहाइ जस्तै आर्थिक विकसित प्रान्त तथा शहरमा प्रति वर्ष मुख्य व्यवसाय आय दुई करोडभन्दा बढी युआन रहेको औद्योगिक व्यवसायका आधाभन्दा बढीले काम पुनःशुरु गरेका छन्। विदेशी व्यवसायले काम पुनःशुरु गर्ने समष्टिगत गति छिटो बन्दै छ। च च्याङ,शान तुङ प्रान्तमा मुख्य विदेशी व्यवसायको काम पुनःशुरु दर ७०प्रतिशत बराबर छ। सन् २०१९ क्वाङ तुङ,च्याङ सु,सु चौ र शान तुङ चार प्रान्तको आयात निर्यात रकम चीनको कूल विदेशी व्यापारमा ५० प्रतिशतभन्दा बढी ओगटेको छ। यी चार प्रान्तका विदेशी व्यवसाय काममा फर्किएकाले पूर्ण राष्ट्रको विदेशी व्यवसायलाई स्थिर बनाउनेमा महत्वपूर्ण भावार्थ सिर्जना गर्दछ।

महामारीको प्रतिरोध तथा नियन्त्रणसित सम्बन्ध रहेको काम पुनःशुरु भएको गति छिटो छ। फेब्रुअरी १७ तारिख मास्क उद्योगको क्षमताको उपयोगिता दर ११० प्रतिशत पुगेको छ। राष्ट्रिय योजना र नागरिक जीवन सम्बद्ध महत्वपूर्ण उद्योग आधारभूत रुपमा काम पुनःशुरु भएको छ।

जानकारी तथा लेखहरु