बीस तारिख चौब्बीस बजेसम्म चीनको मुख्यभूमि क्षेत्रमा नयाँ कोरोना भाइरसका साथै कुल १८ हजार २ सय ६४ को सफल उपचार भएको छ। लगातार ९ दिनसम्ममा निको भएका बिरामीहरूको संख्या १ हजार भन्दा बढी पुगेको छ। फेब्रुअरी एघार तारिखसम्म देशभर ३ हजार १९ चिकित्सक/कर्मचारीहरु निमोनिया संक्रमित निश्चित गरिएका छन्, तीमध्ये पाँच जनाको मृत्यु भएको छ।
महामारी विरुद्धको युद्धमा उनीहरू सधैं भाइरस विरूद्ध लड्न अग्रसर रहन्छन्। उनीहरू "चिनियाँ चिकित्सा कर्मचारीहरु" हुन्।
चीनका राष्ट्राध्यक्ष सी चिनफिङले महत्वपूर्ण निर्देशन दिँदै चिकित्सा कर्मचारीहरू महामारीको विरूद्ध लड्ने मुख्य शक्ति भएकाले उहाँहरूको संरक्षण, हेरचाह र प्रेममा ठूलो महत्व दिनुपर्ने र सबै पक्षबाट समर्थन प्रदान गर्नुपर्ने बताउनुभएको छ। चिनियाँ सरकारले सूचना दिँदै काम गर्न र आराम गर्न चिकित्सा कर्मचारीहरुको अवस्था सुधार गर्न, उनीहरूको पर्याप्त निद्रा र भोजनको प्रत्याभूति गरेको छ।
फेब्रुअरी तेह्र तारिखसम्म चिकित्सा उपकरण र सुरक्षा सामग्रीहरूको खरिद, चिकित्सा र स्वास्थ्य संस्थाहरूमा सुविधाको अवस्था सुधार गर्नका लागि चीनका विभिन्न तहका वित्तीय विभागहरूको खर्च २५ अर्ब ९४ करोड युआन पुगेको छ। यसका साथै धेरै कम्पनीहरू र व्यक्तिहरूले चिकित्सा कर्मचारीप्रति सम्मान प्रकट गर्न चन्दा दिएका छन्।