फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका विदेशी कम्पनीहरूको पुनः सुचारू, चीनको अर्थतन्त्रमा विश्वास

(GMT+08:00) 2020-02-21 19:16:53

आज अर्थात् २१ तारिखका दिन चिनियाँ वाणिज्य मन्त्रालयले शानतोङ प्रान्तका ३२ वटा दक्षिण कोरियाका अटो पार्ट्स व्यवसाय फेब्रुअरी पन्ध्र तारिख अघि पुनः सुचारू भएको जनाएको छ।

यसले विश्व अटो पार्ट्स व्यवसायको तनावको अवस्थामा सुधार आएको छ। त्यसअघि चीनमा उत्पादित पार्ट्स र कम्पोनेन्टको अस्थायी रूपमा देखापरेको अभावका कारण केही विदेशी कम्पनीहरूले उत्पादनमा कठिनाई भोगिरहेका थिए। वर्तमान दक्षिण कोरियाली व्यवसायहरू मात्र होइन, अन्य विदेशी व्यवसायहरूले पनि विस्तारै पुनः उत्पादन सुरु गरेका छन्।

हाल शाङहाइ, शानतोङ, हुनान र अन्य स्थानहरूमा लगभग ८० प्रतिशत विदेशी व्यवसायहरूको काम पुनः सुरु भएको छ। फेब्रुअरीको अन्त्यमा, चीनका अधिकांश स्थानहरूमा विदेशी कम्पनीहरूले मूल रूपमा पुनः काम सुचारु गर्नेछन्।

वर्तमानमा चीनमा विदेशी कम्पनीहरूको सहमति भनेको चिनियाँ अर्थव्यवस्थामा महामारीको प्रभाव अस्थायी हो भने दीर्घकालीन चीनको अर्थतन्त्रमा व्याप्त सकारात्मक प्रवृत्तिमा परिवर्तन हुने छैन।

जानकारी तथा लेखहरु