फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

२१ तारिख चीनको एनसीपी सम्बद्ध तथ्याङ्क

(GMT+08:00) 2020-02-22 18:09:30
चीनको राष्ट्रिय स्वास्थ्य आयोगबाट थाहा भएअनुसार फेब्रुअरी २१ तारिख चीनको मुख्यभूमिमा नयाँ कोरोना निमोनिया संक्रमित थप ३ सय ९७ बिरामी निश्चित गरिएका छन् भने थप ज्यान गुमाउनेको संख्या १ सय ९ रहेको छ। नयाँ शंकास्पद बिमारीको संख्या १ हजार ३ सय ६१ रहेको छ। नयाँ सफल उपचार भएकाको संख्या २ हजार ३ सय ९३ छ।

२१ तारिख २४ बजेसम्म चीनको मुख्यभूमिमा निश्चित गरिएका बिरामीको संख्या ७६ हजार २ सय ८८ रहेको छ। ५ हजार ३ सय ६५ शंकास्पद बिरामी रहेका छन्। २० हजार ६ सय ५९ जनाको सफल उपचार भएको छ। २ हजार ३ सय ४५ जनाको मृत्यु भएको छ र चिकित्सा अवलोकनमा रहेका बिरामीसँग घनिष्ट सम्पर्क गर्नेहरुको संख्या १ लाख १३ हजार ५६४ रहेको छ।

चीनको हङकङ,मकाउ र थाइवान क्षेत्रमा जम्मा गरी १०४ जना निश्चित गरिएका बिरामी रहेका छन्। यसमध्ये हङकङ विशेष प्रसशानिक क्षेत्रका ६८ जना,मकाउ विशेष प्रशासनिक क्षेत्रका १० जना र थाइवान क्षेत्रका २६ जना रहेका छन्।

जानकारी तथा लेखहरु