फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङद्वारा बिल गेट्सलाई जवाफी पत्र

(GMT+08:00) 2020-02-22 18:10:07
चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले फेब्रुअरी २० तारिख अमेरिकी धनाढ्य गेट्स कोषका अध्यक्ष बिल गेट्सलाई जवाफी पत्र पठाउँदै उहाँ र उहाँको कोषले चीनको नयाँ कोरोना भाइरसको प्रतिरोध तथा नियन्त्रणमा दिएको समर्थनप्रति धन्यवाद ज्ञापन गर्नुका साथै अन्तर्राष्ट्रिय समाजले आपसी समन्वयलाई सबल पार्दै महामारीको संयुक्त प्रतिरोध गर्न आग्रह गर्नुभएको छ।

सीका अनुसार महामारी फैलिएपछि चीनले द्दढ विश्वास लिँदै वैज्ञानिक माध्यम र सही नियमले नयाँ कोरोना भाइरसको प्रतिरोध तथा नियन्त्रण गर्न मूल आग्रह गरेको छ। सम्पूर्ण राष्ट्रको संयुक्त प्रयासमा ऐतिहासिक अभूतपूर्व श्रृंखलावद्ध कदम लागू गरेबाट महत्वपूर्ण उपलब्धि हासिल भएको देखिन्छ। चीन सरकारले द्दढताका साथ चिनियाँहरुको ज्यान तथा स्वास्थ्यको सुरक्षालाई प्राथमिकतामा राख्दै विश्वका विभिन्न मुलुकका जनताको ज्यान तथा स्वास्थ्यको पनि संरक्षण गर्दछ। मानव जाति एक भाग्यको समुदाय हो। विभिन्न मुलुकका जनताको सुरक्षासित सम्बन्धित रहेको भाइरसलाई पराजित गर्न एकतावद्ध सहयोग नै सबैभन्दा शक्तिशाली हतियार हो।

गत जनवरी २७ तारिख गेट्स कोषले नयाँ कोरोना भाइरसको प्रतिरोध तथा नियन्त्रणमा चीनको समर्थन गर्नका लागि ५०लाख अमेरिकी डलर आपतकालीन सहायता गरेको छ साथै उच्चतम १० करोड अमेरिकी डलर सहयोग गर्ने वचन दिएको छ।

जानकारी तथा लेखहरु