फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ कोरोना भाइरसले चीनको अर्थव्यवस्थामा छोटो र सीमित प्रभाव राख्ने जन बैंकका उपप्रमुखको दावी

(GMT+08:00) 2020-02-22 18:33:06

चिनियाँ जन बैंकका उप प्रमुख छन यु लुले महामारीले वर्तमान चिनियाँ अर्थव्यवस्थामा निश्चित नकारात्मक असर पारेको बताउनुभएको छ। उहाँले तर चीनको महामारी रोकथाम र अन्तर्राष्ट्रिय समुदायको अपेक्षाहरू भन्दा हासिल गरेको सकारात्मक नतिजा अनुसार चीनको अर्थतन्त्रमा महामारीको प्रभाव छोटो अवधिको र सीमित मात्रै रहेको बताउनुभयो। उहाँले चीनको आर्थिक वृद्धि जारी रहेको बताउँदै दीर्घकालीन राम्रो र उच्च-गुणात्मक विकासका मूलधारहरू अपरिवर्तित रहेको दावी गर्नुभयो।

महामारीपछि चिनियाँ जनबैंकले महामारी विरूद्ध लड्न प्रमुख व्यवसायहरुलाई समर्थनका लागि तीन खर्ब चिनियाँ युआन विशेष ऋण प्रदान गरेको पनि उहाँको भनाइ छ। उहाँले चिनियाँ जन बैंकले अन्य सान्दर्भिक विभागहरूसँग महामारी रोकथाम र नियन्त्रणका लागि तीस वटा वित्तीय समर्थनका उपायहरू प्रस्तुत गरेको र अन्तर्राष्ट्रिय मुद्रा कोष तथा अन्तर्राष्ट्रिय समकक्षीहरूद्वारा यसको सकारात्मक मूल्यांकन गरिएको बताउनुभयो।

चीनको वित्तीय प्रणाली जोखिमहरूका लागि अत्यन्त लचिलो छ भन्दै उहाँले महामारी फैलिएपछि, चीनको वित्तीय बजारमा केही नकारात्मक असर पारे तापनि यसको समग्र सञ्चालन स्थिर रहेको बताउनुभयो।

जानकारी तथा लेखहरु