फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले कोरोना विरूद्धको लडाइँ जितेरै छाड्ने

(GMT+08:00) 2020-02-25 14:14:57

नेपाल चीन शैक्षिक तथा सांस्कृतिक परिषदका अध्यक्ष डा.  हरिश्चन्द्र   शाहले  चीनमा देखापरेको कोरोना भाइरसको महामारी छिट्टै नियन्त्रणमा आउने विश्वास व्यक्त गर्नुभएको छ। चाइना मिडिया ग्रुपलाई भिडियो अन्तर्वार्ता दिँदै उहाँले विगतमा पनि यस्ता खालका महामारी आउँदा चीन सरकार र जनता मिलेर सहजै पार लगाएको स्मरण गर्नुभयो। कोभिड १९ महामारीमा पनि चीनले विजय प्राप्त गर्ने भन्दै उहाँले थप्नुभयो, 'कोरोना भाइरसको महामारी छिट्टै नियन्त्रणमा आउँनेछ। यसको नियन्त्रणमा चिनियाँ जनता र संस्थाहरू सक्षम छन्।'

कोरोना महामारीका कारण नेपाल र चीनबीचको सांस्कृतिक आदानप्रदान, आपसी गतिविधिहरूमा कुनै प्रभाव नपरेको बताउँदै परिषद अध्यक्ष शाहले एक जना बिरामीलाई पनि बाँकी नछोडीसँग कोरोनाविरूद्धको लडाइँ जितेरै छाड्नुपर्ने दृढता प्रकट गर्नुभयो। चीन सरकार र जनताको दृढ प्रयासमा दुई देशबीचको आदानप्रदानमा कुनै असर नपरेको भन्दै उहाँले आगामी दिनमा चीन पुनः यथावत अवस्थामा फर्किने बताउनुभयो।

चीनमा छिट्टै वसन्त ऋतु फर्किने बताउँदै उहाँले यस वर्ष वसन्त चाड मनाउन नपाएपनि अर्को वर्ष फेरि वसन्त पर्वको स्वागत गर्न पाइने आशा गर्नुभयो। सन् 2003 मा सार्स फैलिएपछि चिनियाँ कम्युनिष्ट् पार्टीको सक्षम नेतृत्वले महामारी नियन्त्रण गर्न सकेको बताउँदै उहाँले चिनियाँहरूको कठिन घडीमा नेपालीहरू पनि काँधमा काँध मिलाएर सँगसँगै अघि बढ्न तयार रहेको बताउनुभयो।

जानकारी तथा लेखहरु