फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले आफ्नो विगतको सिकाइबाट छिटै सफलता हासिल गर्ने

(GMT+08:00) 2020-02-26 09:18:22

चीन कोरोना भाइरस निमोनिया (कोभिड १९) महामारीलाई पराजित गर्न युद्धस्तरमा लागिरहेको छ। चीनले विगतका अनुभवबाट पनि सिकेर छिटै जीत हासिल गर्ने र छिटै आर्थिक विकासको बाटोमा फर्किने विश्वास गरिएको छ।

नेपालको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले यो प्रतिकूल अवस्थामा चीन सरकारले ठूलो मेहनत गरिरहेको र यसबाट छिटै मुक्त हुने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले सीएमजी नेपाली सेवालाई भन्नुभयो, चीनको प्रयासबाट हाल महामारी कम भइरहेको छ। यसको अन्त्य छिटै हुने छ। चीन अर्थतन्त्र, शासन व्यवस्था, र पूर्वाधारको हिसाबले सोचेभन्दा बलियो मुलुक भएको भन्दै चीनले आफ्नो विगतको सिकाइबाट छिटै सफलता हासिल गर्ने पनि उहाँले बताउनुभयो।

भ्रमण वर्ष २०२० मनाइरहेको नेपालले चिनियाँ पर्यटकबाट ठूलो आशा बोकेको छ। भ्रमण वर्षमा पाँच लाख चिनियाँ पर्यटक भित्र्याउने नेपालको महत्वकांक्षा छ। तर यस वर्षको आरम्भसँगै चीनमा महामारीको रूपमा फैलिएको कोभिड १९का कारण न्यून मात्रामा चिनियाँ पर्यटक नेपाल भित्रिएका छन्।

हाल महामारीका कारण नेपाल आउने चिनियाँ पर्यटक घटिरहेको बताउँदै महानिर्देशक ईश्वरराज पौडेलले यो अवस्थाबाट मुक्त हुन चीन सरकारले धेरै ठूलो मेहनत गरिरहेको र चीनले चालेको प्रयासले महामारी क्रमशः घट्ने क्रममा रहेको र सामान्य स्थितिमा फर्केपछि चिनियाँ जनता नेपाल आउने क्रम बढ्ने अपेक्षा लिनुभएको छ। साथै उहाँले महामारीको रोकथामका लागि चीनले धेरै ठूलो प्रयास गरेको र उक्त प्रयासको विश्वले नै प्रशंसा गरेको पनि बताउनुभयो। उहाँले छिटै नै महामारीमाथि विजय हासिल गर्ने र यसले चिनियाँ अर्थतन्त्रमा सामान्य खालको मात्र असर पार्ने पनि बताउनुभयो।

जानकारी तथा लेखहरु