फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अ मै पहाड

(GMT+08:00) 2020-02-26 10:01:25

सुन्दर प्राकृतिक दृश्यः ऊ यो नामका चीनका प्रशिद्ध पाँचवटा पहाडमध्ये अ मै पहाड झनै गगन्चुम्बी देखिन्छ। त्यस पहाडी क्षेत्रमा हरेक दश माइलमा फरक-फरक हावापानी र भिन्न-भिन्न दृश्य देख्नपाइन्छ।

बौद्ध धार्मिक संस्कृतिको लामो इतिहासः अ मै पर्वत फु स्यान अर्थात समन्त भद्र बोधिसत्वको बासस्थान र बौद्ध धर्म क्षेत्रमा चीनका चारवटा प्रसिद्ध पहाडमध्येको एक हो।

अ मै पहाडमा बौद्ध धर्मको प्रवेश इस्वी सम्वतको पहिलो शताब्दीताका भएको थियो रे। लगभग दुइ हजार वर्षको विकासका क्रममा अ मै पहाडमा बौद्ध धर्मका धेरै सांस्कृतिक सम्पदाहरु देखापरेका छन। यसका साथै धेरै महा-भिक्षुहरु पनि पैदा भएका छन। त्यसैगरी अ मै पहाड क्रमशः चीन तथा विश्वको महत्वपूर्ण बौद्ध धर्मस्थल बनेको छ। हाल त्यस पहाडमा भिक्षु र भिक्षुणीहरु गरी लगभग तीन सयजना छन। त्यहाँका विहारहरुको संख्या तीसवटा छ।

विविध जनावर र वनस्पतीः लामो समयदेखियता अ मै पहाड प्राचीन वनस्पतीको राज्य रहिआएको छ। त्यस पहाडको विषेश भौगोलिक स्थिति, यथेष्ठ पानी र फरक-फरक हावापानीले विभिन्न जनावर र वनस्पतीलाई निकै राम्रो वातावरण उपलब्ध गराएको छ। अतः त्यस पहाडका चारैतीर 154 वर्ग किलोमिटर क्षेत्रमा तीन हजार दुइ सयभन्दा बढी मूल्यवान वनस्पतीहरु पाइन्छन। सम्बन्धित व्यक्तिका अनुसार, वनस्पतीहरुका जाति, उप-जातिको संख्याका दृष्टिकोणबाट हेर्दा अ मै पहाड र यूरोपमा पाइने वनस्तीहरुको जाति, प्रजातिको कूल संख्या झण्डै बराबरी छ। त्यस पहाडमा दुइ हजार तीन सयभन्दा बढी जंगली जन्तु पनि पाइन्छन।


1  2  
जानकारी तथा लेखहरु