फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारीका सामु चीन र जापान एकै भाग्य समूदाय

(GMT+08:00) 2020-02-27 16:34:45

चिनियाँ राज्य परिषदका सदस्य एवं परराष्ट्र मन्त्री वाङ यीले फेब्रुअरी २६ तारिख जापानी विदेशमन्त्री मोटेगी टोशिमित्सुसँग फोन वार्ता गर्नुभएको छ। उहाँका अनुसार, महामारीका सामु चीन र जापान एउटै जहाजमा रहेको भाग्य समूदाय हुन्। दुई पक्षले आदानप्रदान तथा समन्वयलाई सबल पारेर महामारीको अन्तर्राष्ट्रिय प्रसारलाई रोक्नुका साथै स्वदेश तथा सो क्षेत्रको सार्वजनिक स्वास्थ्यको सुरक्षा गर्नुपर्छ।

विदेशमन्त्री मोटेगीले जापानमा कोरोना भाइरस निमोनिया महामारीको जानकारी दिनुका साथै जापान सरकारले त्यसका लागि सामना नीतिको तर्जुमा गरेर चौतर्फी रोकथाम गर्ने कुरा व्यक्त गर्नुभएको छ। उहाँले चीन र जापानलाई निरन्तर रूपमा सूचना बाँड्नुका साथै आदानप्रदान तथा सहयोगलाई सबल पार्ने आशा पनि गर्नभएको छ।

जापानसँग महामारीको नियन्त्रण गर्ने क्षमता तथा शर्त रहेको विश्वास गर्दा मन्त्री वाङले निर्धारित समयअनुसार टोकियो ओलम्पिक खेलकुदको सफल आयोजना हुने शुभकामना दिनुभएको छ।

जानकारी तथा लेखहरु