फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले दक्षिण कोरिया सरकार तथा जनतालाई सक्दो सहयोग गर्ने

(GMT+08:00) 2020-02-27 16:35:15

चिनियाँ राज्य परिषदका सदस्य एवं परराष्ट्र मन्त्री वाङ यीले फेब्रुअरी २६ तारिख दक्षिण कोरियाका विदेशमन्त्री क्युङ व्हा काङसँग फोन वार्ता गर्नुभएको छ। उहाँका अनुसार, दक्षिण कोरियाको कठिनाई चीनको पनि कठिनाई हो। चीनले सक्दो सहयोग गरेर दक्षिण कोरिया सरकार तथा जनतालाई समर्थन गर्ने इच्छा राखेको छ।

विदेशमन्त्री क्युङ व्हा काङले दक्षिण कोरियामा महामारीको सामना कदमबारे जानकारी दिनुका साथै दक्षिण कोरियासँग महामारीको अझ प्रसारको नियन्त्रण गर्ने विश्वास रहेको कुरा व्यक्त गर्नुभएको छ। चुनौतीको संयुक्त सामना गर्न उहाँले चीनसँग आदानप्रदान तथा सहयोगलाई सबल पार्ने आशा व्यक्त गर्नभएको छ।

जानकारी तथा लेखहरु