फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका थप पाँच सय निर्माण उद्योगको पुनःसुरू दर ९७.०८ प्रतिशत

(GMT+08:00) 2020-02-28 12:21:24
चीन व्यवसाय संघको जाँचका अनुसार, चीनको थप पाँच सय निर्माण उद्योगको पुनःसुरू दर ९७.०८ प्रतिशत पुगेको छ।

जाँचका अनुसार, पुनःसुरू भइसकेका व्यवसायमध्ये कर्मचारी कार्यालयमा बस्ने औसत दर ६६.१७ प्रतिशत पुगेको छ। उक्त संघमा आबद्ध सदस्यहरूको व्यवसायको पुनःसुरूको औसत दर ७५.२४ प्रतिशत पुगेको छ भने क्षमता उपयोग दर ५८.९८ प्रतिशत पुगेको छ। निजी व्यवसायको पुनःसुरू हुने अवस्थाभन्दा राज्य स्वामित्व व्यवसायको राम्रो रहेको बताइएको छ। व्यवसायको तरिकाबाट हेर्दा निरन्तर रूपमा उत्पादन उद्योग, प्रविधि गहन उद्योग, पूँजी गहन उद्योगको पुनःसुरू दर अपेक्षाकृत उच्च देखिन्छ भने श्रम गहन उद्योगको पुनःसुरू दर अपेक्षाकृत कम छ।

हाल चीनका विभिन्न उद्योग संघहरूले सक्रिय रूपमा विभिन्न कदम चालेर उद्योग पुनःसुरू गर्नका लागि थप सेवा र सुरक्षा प्रदान गरिरहेका छन्।

जानकारी तथा लेखहरु