फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

डब्लुएचओद्वारा विश्वमा कोभिड १९ को जोखिम बढ्दै गएकोमा चेतावनी

(GMT+08:00) 2020-02-29 18:07:23

विश्व स्वास्थ्य संगठन अर्थात डब्लुएचओले फेब्रुअरी २८ तारिख जेनेभामा कोभिड १९ बारे पत्रकार सम्मेलन आयोजना गरेको छ। अहिले धेरै मुलुकमा कोभिड १९ फैलाउनुका साथै केही मुलुकमा महामारी गम्भीर भएका हुनाले डब्लुएचओले कोभिड १९ को जोखिम स्तरलाई ज्यादै उच्च भएको सर्वोच्च स्तरमा उकासेको महाप्रबन्धक टेड्रोस एधनोम धेब्रेयेसुसले घोषणा गर्नुभएको छ।

डब्लुएचओको तथ्याङ्क अनुसार, डेनमार्क, एस्टोनिया, लिथुआनिया, नेदरल्याण्ड तथा नाइजेरियाले कोरोना भाइरस सक्रमण निमोनियाको पहिलो विरामी भएको जानकारी दिएका छन्।

भाइरसको प्रसार तथा प्रभाव सर्वोच्च स्तरीय जोखिममा परे तापनि यसले मानिललाई डराउन नभई विभिन्न मुलुमलाई राम्रोसँग तयार गराउने कुरा डब्लुएचओ जरूरी कार्यक्रमका जिम्मेवार माइकल र्‍यानले बताउनुभएको छ।

डब्लुएचओका विशेषज्ञका अनुसार, महामारी विश्वव्यापी रूपमा प्रसार भए तापनि चीनको अनुभवबाट ठीक कदमले महामारीलाई रोक्नसक्ने पुष्टि गरिएको छ।

जानकारी तथा लेखहरु