फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको महामारीको प्रतिरोधका लागि वित्त श्रोत महत्वपूर्ण टेवा

(GMT+08:00) 2020-02-29 18:09:22

कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रण कार्यलाई धेरै व्यक्तिले गर्ने संयुक्त लडाइँ भनिएको छ। स्वास्थ्यकर्मी र स्वयंसेवकसेविकाले भाइरससँग गरिरहेको लडाइँ बाहेक रकम समन्वय तथा प्रयोग यस पटकको लडाइँलाई पराजित गर्ने अर्को महत्वपूर्ण टेवा हो।

फेब्रुअरी १४ तारिखसम्म केन्द्रीय बित्तले महामारीको रोकथाम तथा नियन्त्रणका लागि २५ अर्ब २९ करोड चिनियाँ युआन छुट्याएको छ। साथै क्षेत्रीय बित्तले पनि ६४ अर्ब ८६ करोड चिनियाँ युआन छुट्याएको छ। महामारीमा जम्मा ९० अर्ब चिनियाँ युआनल छुट्याइएको छ।

च्याङ सु प्रान्तलाई उदाहरण लिउँ, फेब्रुअरी सोह्र तारिखसम्म च्याङ सु प्रान्तको विभिन्न स्तरीय बित्तले महामारीमा ४ अर्ब ४१ करोड चिनियाँ युआन खर्च गरिसकेको छ। जनवरी २९ तारिख नान चिंग शहरको बित्तले चिकित्सा तथा ‌औषधी कम्पनीलाई सुरक्षा तथा चिकित्सा सामग्रीको उत्पादन गर्न सम‍र्थन दिन ५ करोड चिनियाँ युआन छुट्याएको थियो। च्याङ सु प्रान्तको लेन युन काङ शहरले फेब्रुअरी महिनादेखि शहर र ग्रामीण क्षेत्रमा न्युनतम जैविक सुनिश्चितता आवेदन गर्ने परिवार, अनाथ र अपाङ्गलगायतका विशेष व्यक्तिहरुलाई १२ लाख चिनियाँ युआनको अस्थायी जीवन भत्ता वितवरण गरेको छ। यसबाट हेर्दा बित्तीय रकम नागरिकका लागि प्रयोग गरिएको छ।

बैंकहरूले दिएको ऋण महामारीको प्रतिरोध र उत्पादनको पुनःसंचालनमा प्रयोग गरिएको छ।

जनवरी २५ तारिखदेखि फेब्रुअरी ११ तारिखसम्म शन चनबाहेक क्वाङ तुङ प्रान्तका बैंकहरूले ६० अर्ब चिनियाँ युआनको ऋण दिएका छन्। शाङहाईले महामारीको रोकथाम तथा नियन्त्रणमा जम्मा १७ अर्ब ५९ करोड २० लाख चिनियाँ युआनको ऋण दिएर १७९६ वटा उद्योग-व्यवसायलाई समर्थन दिएको छ।

च च्याङ र च्याङ सुआदि प्रान्तहरूमा दिइएको ऋण थोक र खुद्रा बिक्री, उत्पादनमा प्रयोग गरिएको छ। चीनको स छ्वान प्रान्तका ५० प्रतिशतको ऋण आधारभूत प्रबन्ध, नागरिकको जीवनको प्रत्याभूतिसम्बन्धी व्यवसाय, थोक र खुद्रा बिक्री, उत्पादन व्यवसायमा लगाइएको छ।

जानकारी तथा लेखहरु