फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तथाकथित "चीन ध्वस्त भयो" भनाई सधैँ विफल हुँदै

(GMT+08:00) 2020-02-29 18:32:54

धेरै वर्षदेखि पश्चिमी केही विद्वान र सञ्चार-माध्यमले तथाकथित "चीन ध्वस्त हुने" कालको निरन्तर रुपमा अनुमान गर्दै आएका छन्। तर अनुमान हरेक पटक विफल भएको थियो। कोभिड १९ फैलिएपछि उनीहरूले फेरि मौका छोपेको छन्। उनीहरूले महामारीलाई चीनको "चेर्नोबिल अवधि"कै रुपमा वर्णन गरेका छन्। उनीहरूको विचारमा चीनको व्यवसायले आकस्मिक सार्वजनिक स्वास्थ्य घटनाको सामना गर्ने क्षमता छैन।

नतिजाबाट प्रमाणित गरिएअनुसार, उनीहरू फेरि विफल भएका छन्।

फेब्रुअरी २८ तारिख चीनको विभिन्न क्षेत्रको पुनःउत्पादन सुचारु रुपमा भैरहेको छ। सोही दिन सार्वजनिक भएको "कोभिड १९सम्बन्धी चीन-विश्व स्वास्थ्य संगठनको संयुक्त निरीक्षण प्रतिवेदन"अनुसार, चीनले "इतिहासमा सबैभन्दा साहसी, सबैभन्दा लचिलो, सबैभन्दा सकारात्मक" कदम चालेको छ। जसले कोभिड १९ फैलावटलाई प्रभावकारी रुपमा रोकेको छ र विश्वलाई कोरोना भाइरसको सामना गर्नका लागि महत्वपूर्ण अनुभव उपलब्ध गराएको छ।

हाल चीनका सर्वोच्च नेता सी चिन फिङले विदेशका नेताहरूसँग टेलिफोन वार्ता गर्दै विदेशी अतिथिसँग भेटघाट गर्नुभएको र विदेशी मित्रतालाई जवाफी पत्र पठाउनुभएको छ। सो अवसरमा उहाँले "भाग्य समुदाय"को अवधारणामा महत्व दिनुभएको, विभिन्न मुलुकका जनताको सुरक्षासित सम्बन्धित महामारीलाई पराजित गर्न सहयोग तथा एकता सबैभन्दा सशक्त हतियार भएको कुरा व्यक्त गर्नुभएको छ। नेता सीले चीनले सबैभन्दा चौतर्फी, सबैभन्दा गम्भीर प्रतिरोध कदम चालेको कुरा बताउनुभयो। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले पनि चिनियाँ जनताले महामारीको रोकथाम तथा नियन्त्रणका लागि ठूलो योगदान दिएको कुरा बताउनुभएको छ।

महामारी मानवको शत्रु बनिसकेको छ। महामारीलाई पराजित गर्न विज्ञान, विवेकपूर्णता, एकता र सहयोग चाहिन्छ। यो विश्व स्वास्थ्य संगठनले विश्वसँग चीनको अनुभव सिकाउने र तुरुन्तै रुपमा कदम चालेको कारण हो।

जानकारी तथा लेखहरु