फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा कोभिड १९ नियन्त्रणमा चिनियाँ कदमको प्रशंसा

(GMT+08:00) 2020-03-01 16:14:15

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरी २९ तारिख ह्वाइटहाउसमा पत्रकार सम्मेलन आयोजना गर्नुभएको छ। सो अवसरमा चीन सरकारले प्रभावित रूपमा कोभिड १९ महामारीको रोकथाम गरेको भन्दै राष्ट्रपति ट्रम्पले प्रशंसा गर्नुभएको छ। उहाँका अनुसार, महामारीको रोकथाम तथा नियन्त्रणमा चीनले राम्रो प्रगति हासिल गरेको छ। अमेरिकाले चीनका केही कदमको प्रयोग गर्ने विचार गरिरहेको छ।

त्यसका साथै ट्रम्पले अमेरिकामा कोरोना भाइरस संक्रमणबाट पहिलो मृतक भएको सार्वजनिक पनि गर्नुभएको छ।

त्यसपछि अमेरिकी उपराष्ट्रपति माइक पेन्सले १४ दिनमा इरानको भ्रमण गरेका विदेशी नागररिकलाई अमेरिकामा प्रवेश गर्न निषेध गरेको घोषणा गर्नुभएको छ। साथै अमेरिकाले भ्रमणको निषेध क्षेत्रलाई विस्तार पारेर अमेरिकीसँग इटली र दक्षिण कोरियो भ्रमण नगर्ने ताकिता गरेको छ।

जानकारी तथा लेखहरु