फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका विभिन्न क्षेत्रमा काम तथा उत्पादन पुनःसुरू

(GMT+08:00) 2020-03-01 16:56:46

हाल चीनले एकातिर महामारीको रोकथाम तथा नियन्त्रण कार्य गरिरहेको छ भने अर्कातिर सेवा तथा सहयोगलाई सबल पारेर काम तथा उत्पादनलाई पुनःसुरू कार्य अगाडि बढाउँदैछ।

शनचन शहरले १६ नीति तथा कदमको तर्जुमा गरेर भाँडा, बिजुलीको लागत, कर, सामाजिक बीमा आदि क्षेत्रबाट व्यवसायको दवावलाई कम पारेको छ। हाल शनचनमा ९४.२१ प्रतिशत ठूलो औद्योगिक व्यवसायले उत्पादन पुनः सुरू गरेका छन्।

शाङहाई शहरमा लगभग शतप्रतिशत सुपरमार्केट पुनःसञ्चालित हुनुका साथै ९५ प्रतिशतको सपिङ मल सञ्चालन सामान्य भएको छ। हाल शाङहाईमा खानपानको आपूर्ति प्रशस्त भएको छ।

पैचिङस्थित तासिङ अन्तर्रष्ट्रिय विमानस्थलको सम्बद्ध हलको निर्माण कार्यक्रम पनि पुनःसुरू भएको छ।

चीनका विभिन्न क्षेत्रले विविध कदमद्वारा सक्रिय रूपमा काम तथा उत्पादनको पुनःसुरू गरेका छन्।

जानकारी तथा लेखहरु