फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा इरानलाई महामारीको प्रतिरोध सामग्री प्रदान

(GMT+08:00) 2020-03-01 17:11:37

स्थानीय समय फेब्रुअरी २९ तारिख मध्यान्हसम्म इरानमा कोरोना भाइरस संक्रमित संख्या ५९३ पुगेको छ। तीमध्ये १२३ जनाको उपचार सफल भएको छ भने ४३ जनाको मृत्यु भएको छ। सोही दिन नयाँ संक्रमितहरूको संख्या २०५ भएको छ। तीमध्ये इरानी संसदका दुई जना क्षेत्रीय प्रतिनिधि पनि रहेका हुन्।

इरानी राष्ट्रिय टेलिभिजनले फेब्रुअरी २८ तारिख जनाएअनुसार, इरानका स्वास्थ्य मन्त्री साइद नामाकीले अंकबाट हेर्दा आगामी साता इरानको महामारी फैलिने शिखर अवधि हुने र इरानले यसबारे सक्रियताका साथ तयारी गर्दैआएको कुरा बताउनुभयो।

हाल इरानका प्रायजसो खेलकुद प्रतियोगिताहरू रद्द भइसकेका छन्। पर्यटकीय ठाउँ बन्द भएको छ। सिनेमा घर तत्कालका लागि बन्द भएका छन्। इरानी टेलिभिजनले विद्यार्थीलाई इन्टर्नेटमार्फत प्रशिक्षण दिइने सूचना जारी गरेको छ।

इरानको स्वास्थ्य मन्त्रालयले नागरिकलाई बाहिर ननिस्कन र रोकथाम तथा नियन्त्रण सूचना पालना गर्न आव्हान गरेको छ। इरानी नागरिकले पनि रोकथाम तथा नियन्त्रण कदमलाई गम्भीरताका साथ पालना गरेका छन्।

फेब्रुअरी २५ तारिख र २६ तारिख इरानका लागि चिनियाँ राजदूतावासले इरानलाई २ लाख ५० हजार वटा मास्क र कोरोना भाइरसको ५ हजार वटा परीक्षण किट प्रदान गरेको छ। फेब्रुअरी २९ तारिख विहान सबेरै चिनियाँ विशेषज्ञ टोली नयाँ चरणको चिकित्सा सामग्री लिएर तेहरान शहरमा पुगेको छ। इरानको स्वास्थ्य मन्त्रालयका अधिकारीले इरानको कठिन अवधिमा चीनले चिकित्सा सामग्री र प्राविधिक समर्थन दिएकोमा कृतज्ञाता ज्ञापन गरेका छन्।

जानकारी तथा लेखहरु