फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सारा विश्वका व्यवसाय लाइनमा रहेको चीनको स्थानलाई अझ सुदृढ पारिने

(GMT+08:00) 2020-03-02 18:24:37
नयाँ भाइरसबाट संक्रमित निमोनिया रोग अर्थात् कोभिड-१९ देखा परेपछि चीनको मुख्य भूमिका केही व्यवसायहरूले बाध्य भएर आफ्नो कारोबार र उत्पादन बन्द गरेकाले संसारमा रहेका केही व्यवसाय लाइन र आपूर्ति लाइन पनि विच्छेद भएको देखिन्छ। केही अमेरिकी पदाधिकारीले निहुँ खोजेर नयाँ विश्व गठबन्धनको स्थापना गरी चिनियाँ आपूर्ति लाइनमा भर पर्ने अवस्थाबाट मुक्त हुन अपील गरेका छन्। तर सदिच्छपूर्वक सोच-विचार गरेपछि के कुरा थाहा भएको छ भने रोगबाट ल्याइएको धम्की अस्थायी प्रकृतिको हो र सारा विश्वको व्यवसाय लाइन र आपूर्ति लाइनमा रहेको चिनियाँ स्थानलाई अझ सुदृढ र सबल पार्न सकिनेछ।

चीन उत्पादक मात्र नभई विश्वको सबैभन्दा ठूलो उपभोक्ता पनि हो। त्यसैगरी विश्वको व्यवसाय लाइन र आपूर्ति लाइनमा रहेको चिनियाँ स्थानलाई रोग अथवा व्यापारिक युद्धका कारण ठूलो परिधिमा बाह्य सारिने छैन। चीनको उत्पादनले देशभित्र र बाहिरको बजारको चाहनालाई पूरा पार्नुका साथै उत्पादनको निकै ठूलो परिमाणबाट लागतलाई ठूलो मात्रामा कम पारेको छ। त्यसैगरी सारा विश्वको निर्माण व्यवसायको केन्द्र भन्ने चीनको स्थानलाई सुदृढ पार्न सकिनेछ। के भन्न सकिन्छ भने सारा विश्वमा कुनै पनि मुलुकमा यस्तो श्रेष्ठता छैन।

रोगले अस्थायी रुपमा चिनियाँ व्यवसाय लाइन विकसित हुने प्रवृत्तिलाई रोके तापनि भविष्यमा सारा विश्वका व्यवसाय लाइनमा रहेको चीनको स्थानलाई अझ सुदृढ पारिंदै जानेछ।

जानकारी तथा लेखहरु