फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको मुख्यभूमिमा कोरोनाभाइरस संक्रमितको संख्या अरू २०२ थप

(GMT+08:00) 2020-03-02 18:26:22
चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार, हिजो मार्चको १ तारिखभित्र चीनको मुख्यभूमिमा कोरोनाभाइरस संक्रमितको संख्या अरू २०२ जना थपिएका छन्। मृत्यु भएकाको संख्या पनि अरू ४२ थपिएको छ र शंकास्पद संक्रमितको संख्या १४१ ले वृद्धि भएको जनाइएको छ। साथै स्वास्थ्यलाभ गरेकाको संख्या २ हजार ८ सय ३७ पुगेको पनि समाचार छ।

मार्चको १ तारिखसम्म चीनको मुख्यभूमिमा जम्मा ८० हजार २६ जना कोरोनाभाइरसबाट संक्रमित भएको, ७ सय १५ जनामा संक्रमणको शंका गरिएको र जम्मा ४४ हजार ४६२ जनाले स्वास्थ्यलाभ गरेको साथै २ हजार ९१२ को मृत्यु भएको जनाइएको छ। हालसम्म ४६ हजार २१९ जना चिकित्सा निगरानीमा बसेका छन्।

चीनको हङकङ र मकाउ विशेष प्रशासनिक क्षेत्र तथा थाइवान क्षेत्रमा जम्मा १४८ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन्। हङकङ विशेष प्रशासनिक क्षेत्रमा ९८ जना संक्रमित भएको र ३६ जना उपचारपछि फर्किएको साथै २ जनाको मृत्यु भएको छ। मकाउ विशेष प्रशासनिक क्षेत्रमा १० जना संक्रमित भएको र ८ जनाले स्वास्थ्यलाभ गरेका छन्। थाइवान क्षेत्रमा ४० जना संक्रमित भएको र १२ जनाले स्वास्थ्यलाभ गरेका छन् भने एक जनाको मृत्यु भएको समाचार छ।

जानकारी तथा लेखहरु