फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका विभिन्न ठाउँमा सक्रिय रुपमा पुनः काम शुरु

(GMT+08:00) 2020-03-03 10:38:26
चीनका विभिन्न ठाउँमा गम्भीर रुपमा कोरोना भाइरसको प्रतिरोध गर्नुका साथै शक्तिशाली कदम चालेर महत्वपूर्ण परियोजनाको निर्माण तथा व्यवसाय पुनः शुरु गर्ने र उत्पादन कार्यलाई अघि बढाइएको छ।

मार्च दुई तारिखसम्म पैचिङ हिउँदे ओलम्पिक खेलकुद समारोह आयोजना हुने पैचिङ क्षेत्र र यान छिङ्ग क्षेत्र रहेका पच्चीस वटा परियोजनामध्ये चौब्बीस वटा सुव्यवस्थित रुपमा पुनः शुरु भएका छन्। निर्माण योजना अनुसार, हिउँदे ओलम्पिक खेलकुद समारोहका सबै रङ्गशालाहरु सन् २०२० को अन्त्यमा पूरा हुने छन्।

व्यवसायलाई विश्वास दिनुका साथै बजारको जीवन्त शक्ति थप्न शाङहाई सरकारले सम्बन्धित नीति चालेर कोभिड १९ प्रभावित अवधिमा व्यवसायको जग्गा भाडालाई हटाएर व्यसायको लागतलाई घटाएको छ।

छन्तु सहरमा निर्माण गरिँदै आएका ७१८ वटा परियोजना सबै पुनः शुरु भएका छन्। ती परियोजनामा काममा फर्केका कर्मचारीको संख्या एक लाख दश हजारभन्दा बढी रहेको छ। शानतोङ प्रान्तले इन्टरनेट भर्ती योजनालाई चालेर कोरोना भाइरसबाट प्रभावित भएका स्नातकहरुलाई इन्टरनेटबाट काम खोज्ने र व्यवसायले इन्टरनेटबाट भर्ती गर्ने सुविधा अगाडि सारेको छ।

जानकारी तथा लेखहरु