फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय समाजद्वारा विश्वमा एनसीपीको प्रतिरोधका लागि योगदान गरेकोमा चीनको उच्च मूल्याङ्कन

(GMT+08:00) 2020-03-03 18:23:22

बितेका केही समययता चीनले एनसीपीको प्रतिरोधका लागि विविध सशक्त कदम चालेर दायित्वपूर्ण धारणा लिई रोगलाई सारा विश्वमै फैलन नदिन सक्दो प्रयास गर्दै आएको छ। त्यसैगरी अन्तर्राष्ट्रिय समाजले चीनको उच्च मूल्याङ्कन गरेको छ।

साउदी अरेबियाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता मोहम्मदले रोग निवारण र नियन्त्रण सम्बन्धमा ठूलो प्रयास गरेकोमा साउदी अरबियाले चीनको उच्च प्रशंसा गरेको बताउँदै चीनको खुलस्त सूचना, विविध सशक्त कदम र सम्बद्ध अनुसन्धान प्रतिफलबाट सारा विश्व लाभान्वित हुने विश्वास व्यक्त गर्नुभएको छ।

भारतीय जवाहरलाल नेहरु विश्वविद्यालय अन्तर्गत पूर्वी एशिया अनुसन्धान केन्द्रका प्रमुख श्रीकण्ठ कोन्दापालीले रोग प्रतिरोध सम्बन्धी चीन सरकारको कदम एकदमै तीव्र रहेकाले अन्य मुलुकका लागि सिक्न लायक अनुभव हो भन्ने कुरा औँल्याउनुभएको छ।

यसका अतिरिक्त अन्य धैरै मुलुकका गण्यमान्य व्यक्तिहरूले उचित कदम चालेर क्रमश: उत्पादन र कारोबारको पुन:आरम्भ गर्नुका साथै विश्व आर्थिक विकासका लागि जिवन्त शक्ति थपिदिएकोमा चीनको सकारात्मक मूल्याङ्कन गरेका छन्। चीनको आर्थिक भविष्यप्रति उनीहरू पनि आशावादी छन्।

जानकारी तथा लेखहरु