फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मार्च २ तारिख चीनको मुख्य भूमिमा नयाँ थपिएको एनसीपी संक्रमितको संख्या १ सय २५ जना

(GMT+08:00) 2020-03-03 18:30:39
चीनको राष्ट्रिय स्वास्थ्य परिषद्ले जनाएअनुसार, मार्च २ तारिख सबेरै ० बजेदेखि मध्यरात १२ बजेसम्म चीनको मुख्य भूमिमा नयाँ थपिएका एनसीपी संक्रमितको संख्या १ सय २५ जना रहेको छ। नयाँ मृतकको संख्या ३१ जना रहेको छ भने १ सय २९ जना शंकास्पद छन्। यसबाहेक, जम्मा २ हजार ७ सय ४२ जना निको भएर डिस्चार्ज भएका छन्।

मार्च २ तारिख मध्यरात १२ बजेसम्म चीनको मुख्य भूमिमा निश्चित एनसीपी संक्रमितको कूल संख्या ८० हजार १ सय ५१ जना रहेको छ भने अझ ५ सय ९७ जना शंकास्पद रहेका छन्। जम्मा ४७ हजार २ सय ४ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने जम्मा २ हजार ९ सय ४३ जनाले ज्यान गुमाएका छन्। हालसम्म चिकित्सा पर्यवेक्षणमा रहेका घनिष्ट सम्पर्क व्यक्तिको कूल संख्या ४० हजार ६ सय ५१ रहेको छ।

यसका अतिरिक्त चीनको हङ्गकङ्ग, मकाउ र थाइवान क्षेत्रमा प्राप्त गरिएको निश्चित संक्रमितको कूल संख्या १ सय ५१ जना रहेको छ।

जानकारी तथा लेखहरु