फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरोना भाइरसका प्रभावले नेपालका विभिन्न नाकाबाट भित्रिने चिनियाँ सामग्रीमा कमी

(GMT+08:00) 2020-03-07 16:31:40

कोरोना भाइरस संक्रमण प्रभावले नेपालका विभिन्न नाकाबाट आउने चिनियाँ सामग्रीको आयात घटेको छ । केही नाकामा आयात ठप्पप्रायः नै छ । चीनसँग आयातनिर्यात हुने प्रमुख रसुवागढी नाका केही समययता बन्द छ । भारत हुँदै आउने सामग्रीको आयात पनि घटेको छ । चीनमा कोरोना संक्रमण बढेको र उसले अन्य मुलुकमा निर्यात गर्ने वस्तु नपठाएपछि यस्तो समस्या देखिएको व्यवसायी बताउँछन् ।

जोगबनी नाकाबाट चिनियाँ सामान आयात ठप्प भएको छ । यो नाकाबाट तेस्रो मुलुकबाट हुने आयातनिर्यातको झन्डै ७० प्रतिशत हिस्सा चीनको छ । यससँगै विराटनगर भन्सारको राजस्व असुली प्रभावित भएको छ । भन्सारले फागुनमा ३ अर्ब ९६ करोड राजस्व असुली गर्ने लक्ष्य राखेकामा तेस्रो सातासम्म १ अर्ब ७१ करोड मात्र असुली गरेको सूचना अधिकृत गोपी उप्रेतीले बताए । यो असुली लक्ष्यको ४३ प्रतिशत मात्र भएको कान्तिपुर अनलाइनले जनाएको छ।

गत वर्ष माघसम्मको तुलनामा यस वर्ष चिनियाँ सामान आयातमा ३१ प्रतिशत ह्रास आएको छ । त्यसमा यसपालि फागुन पहिलो सातादेखि सामान आयात ठप्पै छ । उप्रेतीका अनुसार गत वर्ष माघसम्ममा जोगबनी नाकाबाट १२ अर्ब ४१ करोड मूल्य बराबरका चिनियाँ सामान आयात भएकामा यसपालि सोही अवधिमा ८ अर्ब ५५ करोड ७० लाख मूल्यको वस्तु आएको छ । चीनबाट लत्ताकपडा, गार्मेन्टको कच्चा पदार्थ, इलेक्ट्रिक सामान, जुत्ताचप्पल, स्टेसनरी सामान, केमिकल, खेलौना, फलफूल र कच्चा पदार्थ आयात हुन्थ्यो ।

जानकारी तथा लेखहरु