फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारी रोक्ने चिनियाँ अनुभव विश्वका लागि अनुकरणीयः मन्त्री भट्ट

(GMT+08:00) 2020-03-11 14:17:35

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले २ महिनाअघि देखि चीनको वुहानबाट फैलिन थालेको कोरोना भाइरस नियन्त्रणमा चीन सरकार र चिनियाँ जनताको पहलको प्रशंसा गर्दै अन्य मुलुकका लागि पनि यो अनुभव सिक्न लायक भएको बताउनुभएको छ। चाइना मिडिया ग्रुपलाई दिनुभएको अन्तर्वार्तामा मन्त्री भट्टले हप्तादिनमै १ हजार शैय्याको अस्पताल बनाउनेदेखि लिएर विभिन्न उपायहरू अवलम्वन गरी भाइरसको संक्रमण घटाउन चीनले गरेको प्रयास प्रभावित मुलुकहरूका लागि अनुकरणीय भएको बताउनुभयो।

महामारीमाथि नियन्त्रण कायम गर्न राष्ट्राध्यक्ष सी चिनफिङ नेतृत्वको चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक पद्धतिले मुख्य भूमिका खेलेको ठहर गर्दै उहाँले सत्ता र पार्टीबीचको अन्तर्सम्बन्ध तथा जनताको विश्वासले ठूलो काम गरेको औंल्याउनुभयो। उहाँले भन्नुभयो, 'कार्यशैली फरक भएपनि नेपालको कम्युनिष्ट पार्टीले पनि चीन सरकारको अनुभवबाट धेरै कुरा सिक्न सकेको छ।'

चीनसँगका सीमा क्षेत्रमा क्वारेन्टाइन, आइसोलेसनदेखि ससाना सरसहयोगहरू आवश्यक परेको खण्डमा चीन सरकारसँग लिनसक्ने बताउँदै मन्त्री भट्टले नेपालले पनि आपूर्ति अभाव हुन नदिने कदम चालिसकेको बताउनुभयो।

महामारीका कारण अर्थतन्त्रमा असर पर्ने भएपनि वुहानको संक्रमणलाई संकुचित पार्दै अन्यत्र उत्पादन र आपूर्तिलाई पुनः संचालन गरेबाट चिनियाँ अर्थतन्त्र पूर्ववत् फर्किनेमा आफू विश्वस्त रहेको उहाँको ठहर थियो। उहाँले भन्नुभयो, 'विश्वव्यापी आर्थिक असर त परिहाल्छ नै। केही ढिलो भएपनि चीनले पूर्ववत् गति पुनः कायम गर्ने विश्वास छ।'

उच्च जोखिमको क्षेत्रमा परेकाले नेपाल पनि कोरोना भाइरसप्रति सजग रहँदै उच्च तयारी गरिरहेको मन्त्री भट्टले जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु