फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वले संयुक्त रुपमा महामारीसँग लडाई गर्न चीनको प्रस्ताव

(GMT+08:00) 2020-03-14 17:09:10

विश्वले कोभिड १९ महामारीको रोकथाम तथा प्रतिरोध कार्यमा मुख्य गरी जोडतोड गतिविधि गराउँदै संयुक्त प्रतिरोध तथा नियन्त्रण अन्तर्राष्ट्रिय सहयोग गराउनुपर्ने चीनको प्रस्ताव छ। चिनियाँ सर्वोच्च नेता सी चिनफिङले मार्च १२ तारिख संयुक्त राष्ट्र संघीय महासचिव आन्टोनिओ गुटेरेससँग टेलिफोन वार्ता गर्दै उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको हो। यो प्रस्ताव चीनले महामारीको रोकथाम तथा प्रतिरोध गरेको अनुभवबमोजिम वर्तमान विश्वव्यापी महामारी अवस्थाको गहिरो अनुसन्धान गरेपछि सिर्जना गरिएको हो।

विश्व स्वास्थ्य संगठनका महाप्रबन्धकका उच्च सल्लाहकारका ब्रुस एल्वर्डको विचारमा चीनको सबभन्दा महत्वपूर्ण महामारी प्रतिरोध अनुभव गति हो। चीनको गतिले उक्त भाइरस विश्वव्यापी क्षेत्रमा फैलन रोकेकोमा अवसर र समय सिर्जना गरेको छ। तरपनि केही मुलुकले यस मूल्यवान अवसरलाई ध्यान दिएको छैनन्। महामारी विश्वमा तिब्र गतिले फैलिँदै गएको अवस्थामा अन्तर्राष्ट्रिय समाजले जोडतोडताका साथ गतिविधि गराउनुपर्छ।

चिनियाँ आधिकारिक श्वासप्रशास विशेषज्ञ जोङ नान शानले चीनको महामारी अवस्था शिविर पुगेपछि तिब्र गतिले घटेको कारणको टिप्पणी गर्दै संयुक्त प्रतिरोध तथा नियन्त्रणको महत्वपूर्ण भूमिकालाई स्पष्ट रुपमा जोड दिनुभएको छ।

मार्च १३ तारिख विहान चीन र दक्षिण कोरिया नयाँ कोरोना भाइरस संक्रमित निमोनियाको संयुक्त प्रतिरोध तथा नियन्त्रण सहयोगात्मक संयन्त्र स्थापना भएको छ साथै पहिलो भिडियो बैठकको आयोजना भएको छ। यस आवश्यक कदमले यी दुबै मुलुकद्वारा वर्तमान अन्तर्राष्ट्रिय महामारी अवस्थाको परिवर्तनको सामना गर्नुका साथ‍ सारा विश्वका लागि अनुभव प्रदान गर्नेमा सहयोग दिने छ।

महामारी अवस्थासँग सिमा छैन। चीनको प्रस्तावले आउने चरणमा सारा विश्वले संयुक्त रुपमा महामारीको प्रतिरोधका लागि बुद्धिमता र शक्ति सिर्जना गर्दछ। मानव जातिका लागि जुन जुकै परीक्षणमा एकताबद्ध भएर सहयोग नै सबैभन्दा शक्तिशाली हतियार हो। यो राष्ट्राध्यक्ष सीले धेरै पटक गरी जोड दिनुभएको हो।

जानकारी तथा लेखहरु