फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरोनाभाइरसबारे छलफल गर्न नेपालका सातै प्रदेशका मुख्यमन्त्रीहरू काठमाडौंमा

(GMT+08:00) 2020-03-15 16:41:37

नेपालका सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई सरकारले काठमाडौं बोलाएको छ। कोरोनाभाइरस संक्रमण नेपालमा पनि देखिन सक्ने भएकोले सतर्कता अपनाउन र कसरी एकीकृत कार्ययोजना बनाएर जान सकिन्छ छलफल गर्न मुख्यमन्त्रीहरूलाई बोलाइएको सेतोपाटी अनलाइनले लेखेको छ।।

सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति गठन गरेको छ। उक्त समितिले नै बैठकका लागि मुख्यमन्त्रीहरूलाई काठमाडौं बोलाएको हो। बैठक सिंहदरबारमा बस्नेछ।

उपप्रधानमन्त्री पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले दिउँसो १ बजे बैठक राखिएको जानकारी दिनुभयो।'कतिपय मुख्यमन्त्रीजीहरू काठमाडौं आइसक्नुभएको छ। कतिपय आउँदै हुनुहुन्छ,' उहाँले भन्नुभयो, 'कोरोनाभाइरस संक्रमणसँग कसरी जुध्ने एकीकृत कार्ययोजना बनाएर अगाडि जाने विषयमा बैठकमा छलफल हुनेछ।'

बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म सरकारले गरेका कार्यप्रगतिका विवरण पेश गर्ने कार्यक्रम छ। मुख्यमन्त्रीहरूले पनि कोरोनाभाइरस संक्रमण फैलन नदिन गरेका पूर्वतयारीबारे बैठकमा रिपोर्टिङ गर्ने कार्यक्रम छ।

जानकारी तथा लेखहरु