फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"वाक स्वतन्त्र"ले 《वाल स्ट्रिट जर्नल》को दागलाई मेटाउँदैन

(GMT+08:00) 2020-03-15 18:25:06

लामो समयदेखि जातीय भेदभाव अमेरिकामा व्यापक भइरहेको छ। नयाँ कोरोना भाइरस संक्रमित निमोनियाका बारेमा केही अमेरिकीले जातीय भेदभाव स्पष्ट रुपमा देखाएका छन्।《वाल स्ट्रिट जर्नल》ले केही समय अगाडि "चीन वास्तविक रुपमा एशियाली बिरामी हो" शीर्षकको लेख सार्वजनिक गर्दै जातीय भेदभावलाई फैल्याएको थियो। वास्वतिकता र व्यावसायिक नैतिकतालाई उल्लङ्घन गर्दै चिनियाँहरुले महामारीको रोकथाम तथा प्रतिरोधमा सिर्जना गरेको विशाल प्रयासलाई झुटो निन्दा गर्नु अपराध हो। अमेरिकाको यस्तो कार्यलाई अन्तर्राष्ट्रिय समाजले कडा निन्दा गरेको छ। साथै《वाल स्ट्रिट जर्नल》का ५३ जना कर्मचारीहरुले संयुक्त रुपमा व्यवस्थापन पक्षसमक्ष इमेल पठाउँदै उक्त लेखको शीर्षक सच्याउन र चीनसँग माफी माग्न आग्रह गरेका थिए।

चीनले गरेको कडा आपत्ति र अन्तर्राष्ट्रिय समाजको व्यापक निन्दालाई ध्यान नदिएर 《वाल स्ट्रिट जर्नल》ले समाचार रिपोर्ट र टिप्पणीबीच अलग भएको र सम्पादकीय स्वतन्त्रता रहेको भन्दै आफ्नो कर्तुतलाई अस्वीकार गरेको छ। चीनले कानुनबमोजिम चीनमा रहेका《वाल स्ट्रिट जर्नल》का तीन जना पत्रकारको प्रेस कार्डलाई रद्द गरेपछि अमेरिकी परराष्ट्र मन्त्रीले पनि वाक स्वतन्त्रताको नारा लगाउँदै 《वाल स्ट्रिट जर्नल》को समर्थन गरेका थिए।

 विविध प्रमाणबाट स्पष्ट देखिन्छ: केही अमेरिकीहरुले अमेरिकी समाजमा दीर्घकालीन र बारम्बार भैरहेको जातीय भेदभावलाई अँगालेका छन् तर उनीहरु यो कुरा अस्वीकार गर्दैनन्। अमेरिकाको तथाकथित "वाक स्वतन्त्रता" जातीय भेदभावका लागि एक निन्दनीय कर्तुत हो। "वाक स्वतन्त्रता"नै केही अमेरिकीहरुले दोहोरो मापदण्ड चलाउँदै अरुलाई प्रहार गर्ने राजनीतिक नारा पनि हो।

कुनै पनि समाजका लागि जातीय भेदभाव विष हो। कुनै पनि सञ्चार माध्यमले "वाक स्वतन्त्रता"लाई निहुँ बनाएर नैतिकताको उल्लङ्घन गर्ने कार्यले उनीहरुकै भविष्यलाई ध्वस्त पार्नेछ।

जानकारी तथा लेखहरु