फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आधा महिना यता १ लाख थप रोजगारीका अवसर सिर्जना

(GMT+08:00) 2020-03-16 16:34:42
चाइना मिडिया ग्रूपको एप्स तथा राज्य परिषदको राष्ट्रिय पूँजी समितिको संयुक्त संयोजनमा आयोजित मार्च २ देखि शुरू भएको 'वसन्त ऋतु राष्ट्रिय रोजगारी कार्यक्रम'बाट २५०० वटा उद्यमले सम्पूर्ण समाजको लागि १ लाख भन्दा बढी रोजगारीका अवसर प्रदान गरेका छन्। हालसम्म यस कार्यक्रममा भाग लिन चाहने उद्यमहरूको संख्या बढ्दै गइरहेको छ र प्रदान गरिने रोजगारी परिधि पनि विस्तार हुँदै गइरहेको छ।

कोभिड-१९ महामारीका बेलामा उद्यमहरूको उत्पादन पुनः सुचारू गराउनको लागि जनशक्ति अपुग भएको र बेरोजगारहरूलाई काम पाउन परेको कठिनाइको समाधान गर्ने उद्देश्यले चाइना मिडिया ग्रूपले आफ्नो एप्समार्फत प्रतिस्पर्धात्मक क्षमता भएका ठूला सरकारी व्यवसाय तथा प्रसिद्ध निजी कम्पनीबाट रोजगारी मौका प्रदान गरिरहेको छ। काम खोज्नेहरूले अनलाइमार्फत आफ्नो परिचय सहित व्यवसायहरू पठाइरहेका छन्।

प्राप्त जानकारी अनुसार, सो रोजगारी कार्यक्रम अनलाइनमा राखे यता, १८ पटक गरी इन्टर्नेट आधारित जानकारी दिइसकेको छ र रोजगारी पेज हेर्नेको संख्या १ करोड पुगेको छ। यस प्लेटफर्म मार्फत पठाइएको परिचय ३ लाख पुगेको जनाइएको छ।

जानकारी तथा लेखहरु