फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विभिन्न मुलुकहरूको कोभिड-१९ महामारी सम्बन्धि कदम कडा बन्दै

(GMT+08:00) 2020-03-16 17:02:48
मध्य युरोपको समय अनुसार, मार्च १५ तारिख बिहान १० बजेसम्ममा चीनबाहेक विश्वमा १४३ वटा मुलुक/ क्षेत्रमा निश्चित कोभिड-१९ संक्रमित बिरामीको संख्या ७२ हजार ४ सय ६९ पुगेको छ। कोभिड-१९ महामारीको सामना गर्न विभिन्न मुलुकहरूले सम्बद्ध कदम चालिरहेका छन्। उक्त जानकारी विश्व स्वास्थ्य संगठनद्वारा सार्वजनिक सबैभन्दा पछिल्लो कोभिड-१९ दैनिक प्रतिवेदनमा जनाइएको हो।

महामारी नियन्त्रण गर्न अमेरिकामा मार्च १५ तारिखदेखि ब्याज दरलाई शून्यसम्म घटाइएको छ। अमेरिकामा निश्चित कोभिड-१९ बिरामी सबैभन्दा बढी भएको न्यूयोर्क राज्यमा मार्च १६देखि सबै स्कूल बन्द भएका छन् भने मार्च २३देखि अनलाइन सिकाइ शुरू गरिने छ।

फ्रान्सको राजधानी पेरिसमा कोभिड-१९ महामारीको रोकथाम तथा नियन्त्रणलाई सर्वोच्च चरणमा पुर्याइसकेको छ। आवश्यकता नपरेका सबै सार्वजनिक स्थल सरकारको आदेश बमोजिम बन्द भएका छन्।

कोभिड-१९ महामारीको प्रभावमा जर्मनीका चान्सलर अन्गेला मर्केल तथा बहु स्थानीय सरकारी प्रमुखसँग छलफल गरेपछि स्थानीय समय अनुसार, सोमबार बिहान ८ बजेदेखि फ्रान्स, अस्ट्रिया तथा स्विट्जरल्याण्डसँगको सिमा बन्द गर्ने निश्चित गर्नुभएको छ।

यता दक्षिण कोरियाका राष्ट्रपति मुन जाए-इनले मार्च १५ तारिख कोभिड-१९ महामारी गम्भीर भएका क्षेत्रलाई विशेष प्रकोप क्षेत्रको अनुमति दिनुभएको छ। प्राप्त जानकारी अनुसार, ती गम्भीर प्रभावित क्षेत्रहरूको प्रकोप अवस्थाबारे सर्भेक्षण गरेर प्रकोपपछि पुनर्निर्माण योजना सरकारले बनाउनेछ। पुनर्निर्माण शुल्कको ५० प्रतिशत सरकारी बित्तबाट छुटाइने पनि बताइएको छ।

जानकारी तथा लेखहरु