फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारीको रोकथाम तथा नियन्त्रणमा अमेरिकाको पूर्वाग्रही मूल्याङ्कन

(GMT+08:00) 2020-03-17 16:41:30

फेब्रुअरी १६ तारिख अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकाको अर्थतन्त्र मन्दीतिर जाँदै गरेको कुरा व्यक्त गर्नुभएको छ। यो राष्ट्रपति ट्रम्पले पहिलोपटक कोभिड-१९ महामारीको सम्भावित प्रभावलाई स्वीकार गर्नुभएको हो।

जनवरी २० तारिखदेखि मार्च १३ सम्ममा अमेरिकी मुख्य सञ्चार माध्यमबाट प्रकाशित लगभग २ लाख जानकारीबारे विश्लेषण गर्दा सबैभन्दा बढी ध्यान दिएका तीन विषय "बिरामीको संख्या तथा तथ्यांक तरिका", "गम्भीर सामुदायिक संक्रमणको चिन्ता" र "प्रभावकारी सामनाका अभावमा रोकथाम तथा नियन्त्रणमा कठिनाइ" भन्ने रहेका छन्।

यसै सिलसिलामा राष्ट्रपति ट्रम्पले ट्विटरमा सार्वजनिक रूपमा "चिनियाँ भाइरस" लेख्नुभयो। जातिय भेदभावका गतिविधिलाई व्यापक जनस्तरबाट प्रतिवाद गरिएका छन्।

भाइरस सिमाहीन छ। सार्वजनिक स्वास्थ्यको सुरक्षा मानवजातिका लागि साझा चुनौती हो। वर्तमान विश्वव्यापी चुनौतीको सामना गर्न विभिन्न मुलुकहरूले मतभेद छोडेर सबैभन्दा घनिष्ट रूपमा सहकार्य गर्नुपर्छ।

जानकारी तथा लेखहरु