फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

युरोपेली मुलुकहरूलाई चिनियाँ अनुभवबाट सिक्न सुझाव

(GMT+08:00) 2020-03-18 18:47:37

विश्व स्वास्थ्य संगठन अन्तर्गत युरोप क्षेत्रका प्रमुख हान्स क्लुगले मार्च १७ तारिख युरोपका ५३ वटा मुलुकका स्वास्थ्य पदाधिकारीसँग टेलिफोन बैठक गर्नुभएको छ। बैठकपछि उहाँले विभिन्न मुलुकले कोभिड-१९ महामारीको रोकथाम तथा नियन्त्रण गर्दा 'सबैभन्दा साहसिक कदम चाल्न' आह्वान पनि गर्नुभएको छ। आवास क्षेत्रका सबैले महामारीको रोकथाम तथा नियन्त्रणमा भाग लिनुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ।

मार्च १७ तारिखसम्म विश्वमा लगभग १ लाख ८० हजारमा कोभिड-१९ संक्रमित भएको र तीमध्ये १ तिहाइ युरोपमा भएकोले युरोप नै महामारीको केन्द्र बिन्दु बनिसकेको छ।

विश्व स्वास्थ्य संगठन अन्तर्गत युरोप क्षेत्रका प्रमुख हान्स क्लुगले भन्नुभएको छः 'चीन लगायतका मुलुकहरूको अनुभवबाट के प्रमाणित भएको छ भने कोभिड-१९को छिटो तथा प्रभावकारी निरीक्षण र बिरामीसँग घनिष्ट सम्पर्क गरेकाहरूको ट्र्याक गर्नुका साथै मानिस-मानिसबीच सामाजिक सम्पर्क दूरीलाई अलि ठूलो पार्ने र आवास क्षेत्रमा सम्पूर्ण सहभागितामूलक कदमहरू चालेमा बिरामीबाट संक्रमणको नियन्त्रण र ज्यान बचाउन सकिने छ।'

जानकारी तथा लेखहरु